Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»गत आर्थिक वर्षमा १९ अर्ब कर छूट, कोभिडमा व्यवसायीलाई तीन अर्ब २० करोड सहुलियत
    मेन स्टोरी

    गत आर्थिक वर्षमा १९ अर्ब कर छूट, कोभिडमा व्यवसायीलाई तीन अर्ब २० करोड सहुलियत

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौँ । सरकारले गत आर्थिक वर्षमा करीब १९ अर्ब रुपैयाँ कर छूट दिएको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको विवरणअनुसार, आर्थिक वर्ष २०७९÷८० मा सरकारले आयकर र मूल्यअभिवृद्धि कर गरी १८ अर्ब ८० करोड ४० लाख रुपैयाँ सहुलियत दिएको देखिएको हो।

    गत वर्ष आयकरतर्फ १० अर्ब ७२ करोड रुपैयाँ छूट दिइएको थियो। आयकर खासगरी कम्पनीहरूको व्यावसायिक कारोबारको नाफामा लाग्छ। सरकारले बजेटमा तोकिएका छूटसहित आयकर ऐन बमोजिम कम्पनीहरूलाई छूट दिएको हो।
    कोभिड–१९ महामारीपछि सरकारले विभिन्न छूटको घोषणा गरेको थियो। जसअन्तर्गत कोभिड–१९ को छूट र सहुलियतअन्तर्गत तीन अर्ब २० करोड रुपैयाँ छूट दिइएको छ।

    होटल, ट्रेकिङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चार र यातायात क्षेत्रको एक करोडभन्दा बढीको कारोबारमा लाग्ने करमा ५० प्रतिशत छूट दिइएको हो। यस अन्तर्गत गत वर्ष व्यवसायीलाई २७ करोड ११ लाख रुपैयाँ छूट दिइएको थियो।

    मूल्य अभिवृद्धिकर तर्फ आठ अर्ब सात करोड छूट
    मूल्य अभिवृद्धिकर तर्फ आठ अर्ब सात करोड रुपैयाँ छूट दिइएको छ। कूटनीतिक क्षेत्रलाई मूल्यअभिवृद्धि कर फिर्तास्वरुप २३ करोड छूट दिइएको हो। कूटनीतिक क्षेत्रका गैरआवासीय व्यक्तिले नेपालमा उपभोग गर्ने वस्तु र सेवामा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने अभ्यास छ।

    आन्तरिक राजस्व विभागले प्रारम्भिक अध्ययनको आधारमा यो तथ्यांक निकालिएको र कर छूटको विषयमा विस्तृत अध्ययन गरिने जनाएको छ। कर प्रणालीलाई पारदर्शी बनाउन कर छूटको विवरण सार्वजनिक गरेको विभागले जनाएको छ।
    नेपालमा सरकारले हरेक वर्षको बजेट (आर्थिक ऐन) मार्फत पटके निर्णयका आधारमा कर छूटको घोषणा गर्छ। तर, त्यस्तो कर छूटमध्ये कतिपय नीतिगत भ्रष्टाचार हुने जोखिम समेत रहेको भन्दै आलोचना हुने गरेको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.