काठमाण्डौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमती भएको छ । शुक्रबार आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा छलफल भएको थियो । छलफल पछि दुवै पक्ष बिच सहमती भएको र शिक्षकहरुले आन्दोलन फिर्ता लिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।
शर्माले विद्यालय शिक्षा विद्येयक संसदमा दर्ता भै सकेको बताईन् । साथै शिक्षकहरुले उठाएका मागलाई संसदीय सर्वोच्चता मानेर जाने कुरामा सहमती भएको उनले जानकारी दिईन् । शिक्षकहरुले शिक्षक समायोजन, बढुवा, तहगत प्रणाली लगायत बिषयमा नेपाल शिक्षक महासंघ र विज्ञहरु सम्मिलित अध्ययन समिति बनाउने सहमती पनि भएको छ । उक्त समितिले दिने प्रतिवेदन अनुसार कानुनी व्यवस्था गर्न सरकार र शिक्षकहरु सहमत भएको प्रवक्ता शर्माले बताईन् ।
विद्यालय शिक्षा विद्येयकमा राखिएका कतिपय विषयमा असन्तुष्टी जनाउँदै शिक्षकहरुले विगत तीन दिन देखि आन्दोलन गरि रहेका थिए ।