काठमाण्डौँ । विस एचआर सोलुसनले म्यानपावर कम्पनीले (ईजाजतपत्र नं १४२५÷०७४÷०७५) बैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जना युवाबाट करिब चार करोड ठगी गरेको पाईएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोईराला भनिने फडिन्द्र कोईराला समेतको मिलेमत्तोमा सरिता भुजेल लगायतका ४३ जनालाई पोल्याड, कोएसिया, जापान, कतार तथा अमेरिका समेतका देशहरूमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम असुल गरेको बैदेशिक रोजगार बिभागले जनाएको छ ।
बिभागका अनुसार कम्पनीका सन्चालकले युवाहरूलाई रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र असुल गरेको रकम पनि फिर्ता नगरेको पाईएको हो ।
पिडितले दिएको उजुरी प्रमाणित भएपछि बिभागले बैदेशिक रोजगार न्यायाधीशकरणमा मुद्दा दायर गरेको छ ।
बिभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसूर गरेकोमा कम्पनिको ईजाजतपत्र खारेजिको माग गरेको छ । साथै सन्चालकहरू तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोईराला भनिने फÞडिन्द्र कोईरालालाई सोही ऐनको दफा ४४ बमोजिमको सजायको माग गरेको छ ।
साथै पिडित सरिता भुजेल लगायतका जम्मा ४३ जनाबाट संकलन गरिएको तीन करोड ८२ लाख २८ हजार विगो र सोको पचास प्रतिशतले हुन आउने हर्जाना समेत पीडितहरुलाई दिलाई भराई पाउ भनी मागदावी गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Facebook Comments Box
