काठमाण्डौँ । गैरआवासीय नेपाली नागरिकता लिन चाहने गैरआवासीय नेपालीले इश्वर, जनता र देशको नाममा सपथ खानुपर्नेछ । नेपाल सरकारले हालै ल्याएको नेपाली नागरकिता नियमावली २०८० को तेस्रो शंसोधन राजपत्रमा प्रकाशीत गर्दे यस्तो व्यवस्था गरेको छ । नागरकिताको प्रमाणपत्र प्रदान गर्नुअघि गैरआवासीय नेपाली नागरिकलाई प्रमुख जिल्ला अधिकारीले शपथ खुवाउनु व्यवस्था छ ।
त्यस्तै, नागरिकता पाउने गैरआवासीय नेपालीले नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम गैरआवासीय नेपालीले पाउने हक अधिकारको मात्रै प्रयोग गर्नेछु भन्ने प्रतबिद्धता पनि जनाउनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महाबाणिज्य दुतावासमा निवेदन दिनुपर्नेछ । नेपाली राजदुतावास वा महाबाणिज्य दुतावासमा निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको १५ दिनभित्र अनिवार्य रुपमा राय सहित परारष्ट्र मन्त्रालयमा मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।
यस्तो छ प्राबधान
निवेदनमा निवेदकको नाताभत्रिको नेपाली नागरिकले र त्यस्तो नाता व्यक्ति नभएमा सम्बन्धित व्यक्तिलाई चिन्ने नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा तोकेको अधिकृत कर्मचारी समक्ष उपस्थित भई सनाखत गरिदिनुपर्नेछ । सो निवेदनलाई प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा नागरिकताको प्रमाणपत्र जारी गर्नेछ ।
जिल्ला अधिकारीले आवश्यकता अनुसार निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको बिषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकीएको नेपाली कुटनीतिक नियोगसँग समेत बुझन सक्नेछ । निवेदनकले नागरिकता वा राहदानीको वैधताको बिषयमा बुझन पठाएकोमा सम्बन्धित नेपाली कुटनीतिक नियोगले १५ दिनभत्रि त्यस्तो नागरिकता वा राहदानीको वैधताको विषयमा बुझी जानकारी गराउनु पर्नेछ।
गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिन सक्ने व्यवस्थाका लागि मन्त्रालयमा मन्त्रालयमा आवश्यक प्रविधी विकास गरी त्यस्तो निवेदन विद्युतीय माध्यमबाट समेत दिन सक्ने प्रबन्ध मिलाउन सक्नेछ ।
