Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»श्रममन्त्री भन्छन : अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन कन्सल्टेन्सीलाई प्रतिबन्ध लगाउँछौँ
    मध्यपूर्व गतिविधि

    श्रममन्त्री भन्छन : अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन कन्सल्टेन्सीलाई प्रतिबन्ध लगाउँछौँ

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन ।

    आज बिहीवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा मन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरूमा बढी विकृति देखिएको बताए ।

    यी काम म्यानपावरहरू भन्दा पनि कन्सल्टेन्सीहरूमार्फत अध्ययन र कलेजको नाममा भइरहेको पाइएको उनको भनाइ छ । वैदेशिक रोजगार व्यवसायी सङ्घमार्फत वैदेशिक रोजगारीमा जानेहरूमा भने समस्या नभएको उनको दाबी छ ।

    मन्त्री भण्डारीले कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरूको तथ्याङ्क सरकारसँग पनि नभएको बताए । उनले त्यस्ता संस्थाहरूको कुनै उत्तरदायित्व नहुने भएको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुने गरी शैक्षिक परामर्श केन्द्रहरूले गर्ने यस्तो काम रोक्न सरकारले सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरेको बताए ।

    उनलेभने, ‘पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिसाको नाममा जानेहरूमा विकृति देखिएको छ । कन्सल्टेन्सीहरूले अध्ययन र कलेजको नाममा विदेश पठाउने गरेको छ तर त्यसमा उनीहरूको कुनै उत्तरदायित्व छैन । संस्थागत हिसाबमा वैदेशिक रोजगार व्यवसायी सङ्घले पठाएको अवस्थामा तथ्याङ्क रहन्छ । कुन म्यानपावरले कहाँ कति श्रमिक पठाएको छ भन्ने थाहा हुन्छ । यदि गलत भएको छ भने सरकारले समातेर कारबाही गर्न पनि सकिन्छ । तर अन्य ठाउँबाट विदेश पठाउनेहरूको हकमा कसले कहाँ पठाएको छ भन्ने रेकर्ड छैन ।’

    मन्त्री भण्डारीले पछिल्लो समय भिजिट भिसामा जाने ९९ प्रतिशत महिला कामदारहरू समस्यामा रहेको बताए । घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको उनको भनाइ छ । घरेलु कामदार रोक्नका लागि समितिको निर्देशन आवश्यक रहेको उनको भनाइ छ । सरकारले सम्बन्धित देशको अवस्था र सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरेलु कामदार पठाउने निर्णय गरेको उनले बताए ।

    मन्त्री भण्डारीले ‘फ्री भिसा’ मा वार्षिक रूपमा १५ हजार मानिस वैदेशिक रोजगारीमा गएको समेत उल्लेख गरे ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.