Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»अर्घाखाँचीमा पाइँदैनन् विज्ञान र गणितका शिक्षक
    समाज

    अर्घाखाँचीमा पाइँदैनन् विज्ञान र गणितका शिक्षक

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रेमनारायण आचार्य/अर्घाखाँची – अर्घाखाँचीका विद्यालयहरूले गणित र विज्ञान विषयको पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेका छैनन् । पढेलेखेका युवा राेजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि विद्यालयमा शिक्षक पाउन नसकिएकाे हाे ।

    पहिले विद्यालयमा शिक्षकको कमी हुँदैन थियाे । तर पछिल्लो समय अर्घाखाँचीका विद्यालयले पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले जानकारी दिए ।

    शितगंगा नगरपालिका–९ मा रहेको पाकुरी माध्यमिक विद्यालयले गणित र विज्ञान विषयको शिक्षकका लागि पटक–पटक गरी तीन पटक विज्ञापन आह्वान गर्दा पनि पनि पाउन सकेको छैन । नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शितगंगा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए ।

    शितगंगा–९ लामातालमा रहेकाे विष्णुपथ चौपारी आधारभूत विद्यालयले पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि पाउन सकेको छैन ।

    मालारानी गाउँपालिकामा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ । शिक्षक आह्वानका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि माध्यमिक तहको शिक्षक दरबन्दीमा कसैकाे दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाईले बताए । पढेलेखेका युवा रोजगारी तथा अध्ययनका लागि विदेशमा गएर नफर्किएका कारण शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।

    विज्ञान र गणित विषय लिएर पढेका विद्यार्थीहरूकाे पहिलो रोजाइ वैदेशिक यात्रा, दोस्रोमा लोक सेवा आयोग र तेस्रोमा मात्र शिक्षक सेवा रहेकाले पनि गाउँका विद्यालयमा यी विषयका शिक्षक पाउन मुस्किल भएको हो ।

    पाणिनि गाउँपालिका–७ काे जनसेवा माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि पहिलो पटक गएकाे साउनमा विज्ञापन गर्‍याे । तर कसैकाे दरखास्त परेन । पटक–पटक गरी पाँच पटक विज्ञापन गरेकाे विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले बताए । उनले भने , ‘पाँचौँ पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिएका छन् । परीक्षा नहुँदै शिक्षक पायौँ भनेर भन्न सकिने अवस्था छैन ।’

    आर्थिक वर्ष २०७९/८० मा विदेशमा पढ्न जान एक लाख जनाभन्दा धेरैले अनुमति लिएका सरकारकाे तथ्याङ्क छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार दुई सय १७ जनाले एनओसी लिएको तथ्याङ्क छ । अस्ट्रेलिया, क्यानडा, बेलायतका लागि एनओसी लिने बढी देखिएका छन् । नेपालबाट विभिन्न एक सय ११ वटा देश जानका लागि विद्यार्थीहरूले एनओसी लिएका शाखाले जनाएको छ ।

    बढ्दो बसाइँसराइका कारण पनि अर्घाखाँचीका विद्यालयहरूमा विद्यार्थीकाे सङ्ख्या घट्दो छ । सदरमुकामका केही निजी विद्यालयमा विद्यार्थीको चाप बढे पनि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.