Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»१० हजार श्रमिक भएको मुलुकमा दुतावास स्थापना गरिने
    मेन स्टोरी

    १० हजार श्रमिक भएको मुलुकमा दुतावास स्थापना गरिने

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौँ । नेपाल सरकारले १० हजार श्रमिक भएको मुलुकमा दुतावास स्थापना गर्ने निर्णय गरेको छ । दुतावास नभएको मुलकमा दलालहरुले ठूलो रकम असुल गरी नेपाली युवाहरुलाई पठाउन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

    श्रम ऐन अनुसार पाँच हजार श्रमिक हुने मुलुकमा अनिवार्य रुपमा दुतावास स्थापना गर्नुपर्ने व्यवस्था छ । तर, पाँच हजार भएका सबै मुलुकमा दुतावास स्थापना गर्न सम्भव नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले बताए । त्यसैले १० हजार श्रमिक भएको मुलुकमा दुतावास खोल्नका लागि निर्णय भएको हो ।

    गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा विभिन्न १३ मुलुकका राजदूत, श्रम मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रायका उच्च प्रतिनिधि सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । दुतावास नभएकै कारण म्यानपावर व्यवसायीले मागपत्र प्रमाणीकरण गर्न नपाएको गुनासो गर्दे आएका थिए ।

    पछिल्लो समय युरोपियन मुलुकहरुमा नेपाली युवाहरुको आकर्षण बढ्दो छ । तर, दुतावास नहुँदा तीन मुलकुमा रोजगारदाता नेपाली श्रमिक प्रति प्रभावित भए पनि कानुनी रुपमा पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । त्यसैले जतिसक्दो चाडो दुतावास खोल्नु पर्ने बताए । युरोपका विभिन्न मुलुकमा जाने नेपाली युवाहरु गैरकानुनी माध्यमबाट गएका छन् । जसका कारण उनीहरु झनै जोखिममा परेको उनले बताए ।

    तर, दुतावासको स्थापना भएपछि भने म्यानपावर व्यवसायीले औपचारिक रुपमा नै मागपत्र प्रमाणीकरण गरी नेपाली श्रमिक पठाउन सकिने बताए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.