काठमाण्डौँ । नेपाल सरकारले गैरकानुनी रुपमा विदेशमा श्रम गर्दे आईरहेका श्रमिकको उद्धारको लागि छुट्टै कोषको स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा १३ वटा गन्तब्य मुलुकका राजदुतहरु सहित बसेको बैठकमा यस्तो निर्णय भएको हो ।
हालको व्यवस्था अनुसार वैदेशिक रोजगार विभागका श्रम स्वीकृति लिएर कानुनी रुपमा नै काम गर्दे गरेका श्रमिकलाई मात्रै वैदेशिक रोजगार बोर्ड उद्धार गदै आइरहेको छ । बोर्ड यस्ता श्रमिकको मृत्यु भएमा शब नेपाल ल्याउने देखि श्रमिकको घरसम्म पुराउने काम गदै आइरहेको छ ।
विदेशमा अनौपचारिक रुपमा रहेको श्रमिकको शब नेपाल ल्याउनका लागि भने बोर्डले आर्थिक सहयोग नगर्ने प्रावधान छ । शब झिकाउनका लागि बोर्डले समन्वय मात्रै गर्ने गरेको छ । बाँकी शब ल्याउनका लागि आवश्यक खर्च श्रमिकको परिवारले नै व्यहोर्न गरेका छन् ।
परिवारमा आम्दानी गर्ने व्यक्तिको नै मृत्यू हुँदा पिडित भएका परिवार थप आर्थिक पिडामा पर्ने हुँदा गैरकानुनी रुपमा रहेको मृत्यू भएका श्रमिकको शब पनि सरकारले नै ल्याउने निर्णय गरेको हो । तर, यसको लागि भने सरकारले छुट्टै कोषको स्थापना गर्ने भएको छ । कोष कस्तो भन्ने बारेमा भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल गरेर निर्णय गर्ने मन्त्रालयले जनाएको छ ।
