Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनको तयारीमा
    मेन स्टोरी

    स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनको तयारीमा

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती बिधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् ।

    आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागिएको हो ।

    त्यस्तै सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ ।

    ‘स्थानीय तह कर्मचारी सरोकार फोरम’को संयोजनमा विभिन्न माग राख्दै आन्दोलनको तयारी भएको हो । प्रस्तावित आन्दोलनका कार्यक्रम अनुसार ७ असोजमा जिल्ला स्तरीय संघर्ष समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी छ ।

    त्यसपछिका माग सम्बोधन नहुँदाका दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र कार्यालयमा ठूलो ब्यानर टाँसेर आधा दिन ‘पेन डाउन’ गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

    यसबीचमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता र प्रमुख सचेतक समक्ष मागपत्र बुझाएर ध्यानाकर्षण गराउने र राष्ट्रिय स्तरका ट्रेड युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना छ ।

    १२ असोजदेखि काठमाडौं केन्द्रित भएर सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका, वडा कार्यालयमा ‘पेन डाउन’ गर्दै सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारिएको छ । संयोजक गौतम प्रस्तावित कार्यक्रमअनुसार नै निर्णय हुने र आन्दोलन अघि बढ्ने बताउँछन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.