Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»दुबईमा रुपन्देही सेवा समाज युएई द्वारा तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)
    यूएई

    दुबईमा रुपन्देही सेवा समाज युएई द्वारा तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई – रुपन्देही सेवा समाज युएईले दुबईमा सास्कृतिक कार्यक्रम गरेर तीज मनाएको छ । संयुक्त अरब एमिरेट्स युएईको दुबईमा नेपालका राष्ट्रिय कलाकारलाई बोलाएर समाजले तीज मनाएको हो ।

    अनाथ तथा असाहय बालबालिकाको सहयाेगार्थ, रूपन्देही सेवा समाज युएईले बृहत तिज कार्यक्रम गरेकाे हो । कार्यक्रममा लामो समय रुपन्देहीलाई कर्मथलो बनाएर राष्ट्रिय कलाकारको पहिचान बनाएकी लोक गायिका स्टेजकी रानी मन्जु पौडेल , शिलु भट्टराइ तथा नृत्यङगना बिना थापा मगरले आफ्नो प्रस्तुती दिएका थिए ।

    गैर आवसीय नेपाली संघ एनआरएन युएईका अध्यक्ष बिकास शाहीको प्रमुख आतिथ्यता, नेपालबाट आएका कलाकारको बिशेष आतिथ्यता तथा युएईमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा गायिका द्वय पौडेल र भट्टराइले खचाखच भरिएका दर्शकलाई आफ्नो प्रस्तुतीले भरपूर्ण मनोरन्जन दिएका थिए । चौथो पटक दुबई आएकी गायिका पौडेलले आफ्ना सबै चर्चित भाकाले दर्शकलाई छमछमी नचाईन ।

    १ घण्टा भन्दा धेरै समयसम्म स्टेजमा रहेकी गायिका पौडेललाई दर्शकले सग-सङै गाएर नाचेर आगनमा साथ दिएका थिए । माइतिको आगनमा तीज मनाउन नपाए पनि अहिले परदेशमा गाउघरका सबैजना भेटिने भएकाले बिदेशमै रमाइलो सँग चाडबाड मनाइने गरेको तथ्यलाई पौडेलले पनि स्टेजबाटै बताइरहेकी थिईन । पौडेल गएको साता कुवेतमा आयोजित तीज कार्यक्रम सकेर दुबई आएकी थिईन ।

    पहिलो पटक दुबईको स्टेजमा देखिएकी गुल्मी लोक दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी लोक गायिका शिलु भट्टराईले उपस्थित दिदी बहिनीको बीचमै पुगेर छमछमी नचाईन । स्टेज उक्लिएकी भट्टराईलाई गाएर मात्रै शुखै भएन । दर्शकले सगैं नाच्न र गाउँन बोलाएपछी उनी आगनमा रहेका दिदीबहिनीहरु सँग छमछमी नाच्दै आफ्ना भाका गुन्जाइन ।

    दिउसो ३ बजेबाट सुरु भएको कार्यक्रममा राता साडी , फुलबुट्टे रातो चोली , छड्के तिलहरी लगाएका दिदी बहिनि र उत्तिकै अनुपातमा उपस्थित पुरुष दर्शकले क्लब एभेरेष्टको हल राती ८ बजे सम्म उत्तिकै भरिएको थियो । कार्यक्रममा झन्डै ३ सय भन्दा धेरै दर्शकको उपस्थिती रहेको समाजका सांस्कृतिक सम्योजक प्रदिप पुनमगरले हालखबर अन्लाईनलाई जानकारी दिए ।

    स्थानीय कलाकारहरुलाई सम्योजन गर्दै आएको लाङ्घघाली सांगितिक संसारका दिप रानामगरको टोली तथा मगर ब्रदर्सका सदन राना र लोक कलाकार कमल कार्कीको प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए ।

    समाजका अध्यक्ष टकं थापा मगरको सभापतित्व , कार्यक्रम सम्योजक कला पङेनीको स्वागत मन्तब्य तथा महासचिव युबराज भट्टराइले औपचारिक कार्यक्रम तथा पत्रकार सुरेन्द्र परीयार र एलिना श्रेष्ठले संयुक्त रुपमा सास्कृतिक कार्यक्रमको सन्चालन गरेका थिए ।

    कार्यक्रममा सहयोग गर्ने सहयोगी, रुपन्देही सेवा समाजलाई बिभिन्न रुपमा योगदान दिने बिभिन्न ब्यक्तित्वहरुलाई समाजले सम्मान समेत गरेको थियो ।दिनभरी नाचेर थाकेका दर्शकलाई कार्यक्रमको अन्त्यमा नेपाली आयोजकले नेपाली परीकारका दर खुवाएर बिदाई गरेका थिए

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.