गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षकालागी महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गरेका छन । श्रेष्ठले ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन ।
श्रेष्ठले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनीक गर्दै संघको आसन्न ११ औ महाधिवेशनमा अध्यक्षको दावी सहित उम्मेदवारी घोषणा गरेका हुन । महाधिवेशन (१७-२०) अक्टोबरमा हुँदैछ । उपाध्यक्ष श्रेष्ठले ११ औं महाधिवेशनमा संघलाई एक बनाइ नयाँ योजना र नयाँ कार्यक्रमसहित उम्मेदवारी दावी गरेका हुन ।

श्रेष्ठले विश्वभरिका गैर आवासीय नेपालीहरुलाई जुम मार्फत पत्रकार सम्मेलनमा सम्बोधन समेत गरेका थिए । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि सकृय रहँदै आएका श्रेष्ठ आइसिसी सदस्य, कोषाध्यक्ष हुंदै हाल एनआरएनए उपाध्यक्ष छन ।
गैर आवासीय नेपाली समुदायमाझ इमान्दार र स्वच्छ छवीको रुपमा चिनीने श्रेष्ठले विशेष गरि गैर आवासीय नेपाली संघले उठाउँदै आएका समस्याहरुलाई कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएका थिए ।
घोषणा सभामा प्रत्यक्ष सहभागिताको लागी विश्वका विभिन्न देशबाट श्रेष्ठ प्यानलका उम्मेदवार र शुभेच्छुकहरु पनि उपस्थित थिए ।
संघको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी,हेमराज शर्मा रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन । त्यस्तै सुनील शाह, गणेश केसी,रामशरण सिम्खडा,रोविन शेरचन,हिमाल गुरुङलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन ।
युवा उपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्षमा यास्मीन बेगम सैयदले उम्मेदवारी दिएकी छन । यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन ।
सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,ज्ञानेन्द्र रेग्मी, नबिन विके, आरसी पोखरेल,स्वतन्त्र बिक्रम शाह,कृष्णजिवी पन्त र महिला सचिवमा टिका गुरुङ र रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन ।
कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना र सुदन थापा,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरे,ददीवाल खड्काले उम्मेदवारी घोषणा गरिसकेका छन । अन्य पदहरुमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसपटकदेखी संघको नेतृत्वका लागि प्रत्यक्ष र अनलाइनमार्फत मतदान हुंदैछ ।
जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठ हाल संघको उपाध्यक्ष छन ।
