Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक : सीआईबी
    मेन स्टोरी

    दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक : सीआईबी

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरेर दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको हो । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।

    ‘एलेक्सले भनेअनुसार नै उनले समूहका सदस्यहरुलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको छ’, थापाले भने, ‘सुन गाल्नलाई व्यवस्थापन गरिएको टोखा र लाजिम्पाटस्थित स्थानमा सम्पर्क र भेटघाटको वातावरण पनि उनले नै मिलाउने गरेको पाइएको छ ।’

    आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई पनि प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइँदैछ ।

    एसपी थापाका अनुसार, होटल भियनासँगै रहेको केटीबी काराओकेमा पनि तस्कर समूहका सदस्यहरु भेला हुने गरेको पाइएको छ । ‘सामान बरामद भएपछि लुकिछिपी बस्नका लागि अपार्टमेन्टको व्यवस्थापन पनि दावाले नै गरेको पाइएको छ’, थापाले भने, ‘चिनियाँलाई नेपाली नागरिक र राहदानी बनाउन सहयोग गर्नेको पनि पहिचान भइसकेको छ, खोजी गरिरहेका छौं ।’

    माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहँदै आएको थियो । अनुसन्धानका क्रममा दावाको दुई पूर्वप्रहरी प्रमुखसँग पनि निकट सम्बन्ध रहेको फेला परेको थियो ।

    अनुसन्धान चलिरहेका बेला अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र दावाको म्यासेजको विवरण पनि सार्वजनिक भएको थियो । तर, प्रहरीले उनीसँग सम्बन्ध देखिएका कसैलाई प्रतिवादी बनाएन । बरु वीच्याट कुुराकानीमार्फत जोडिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि प्रहरीले बयान लिएको छ ।

    ‘अनुसन्धानको एउटा चरण मात्र सकिएको हो, थुप्रै फरार व्यक्तिहरु बाँकी नै छन्’, सीआईबी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘१० वटा घटनास्थल छन्, अझै अनुसन्धान गर्न थुप्रै पाटो छन्, त्यसैले यो अनुसन्धान सकिएको छैन ।’

    अदालतमा मुद्दा दर्ता भएपनि निरन्तर अनुसन्धान भइरहने उनले बताइन् । उनले भनिन्, ‘पछि आवश्यकता अनुसार पुरक अभियोग पनि जानसक्छ ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.