Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»एनआरएनए चुनाव : नेतृत्वका लागि प्रतिस्पर्धामा तीन प्यानल
    विशेष

    एनआरएनए चुनाव : नेतृत्वका लागि प्रतिस्पर्धामा तीन प्यानल

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वसन्त रानाभाट । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

    अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप–महासचिव विनय अधिकारी पनि देखिएका छन् । यसरी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी पर्ने सम्भावना भए पनि मुख्य प्रतिस्पर्धा भने त्रिपक्षीय प्यानलमा हुने निश्चित जस्तै देखिएको छ ।

    तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लविइङ सुरु गरिसकेका छन् । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा.केसीलाई र नेपाली जनप्रगतिशील मञ्च शर्माको पक्षमा उभिएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने क्रममा पनि यी संगठनहरूले प्रभाव पारेको आरोप छ ।

    नेताहरूको आलोचना गर्न माहिर एनआरएनएहरूको कार्यशैली पनि उस्तै रहेको भन्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा आफू निकट, परिवार र नजिकका नातेदार छानेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

    ‘नेताहरूले समानुपातिक सांसद लगायत लाभका पदमा आफ्ना नजिकका, श्रीमान्–श्रीमती, साला–साली लगायत नातेदारलाई सिफारिस गरे भनेर चर्को आवाज उठाउँछौं । तर, अक्टोबरमा हुने एनआरएनएको निर्वाचनमा सिफारिस भएका प्रतिनिधिहरू हेर्दा नेताहरूलाई गाली गर्ने नैतिकता हामीले गुमाएका छौं’, उनले भने । पूर्व महासचिव समेत रहेका डा. शर्माको अभिव्यक्तिले प्रतिनिधिहरू चयनमा संघभित्र कतिसम्म राजनीतिक तथा व्यक्तिगत प्रभाव पर्छ भन्ने उदाङ्गो पारेको छ ।

    अक्टोबर १७ देखि काठमाडौंमा सुरु हुने एनआरएनएको ११औं महाधिवेशनका लागि आ–आफ्नो प्यानलमा उम्मेदवार तान्न र पदको बार्गेनिङ गर्ने काम सुरु भइसकेको छ । एनआरएनएको शाखा ८० भन्दा बढी मुलुकहरूमा फैलिएको भनिए पनि झन्डै ५७ देशका करिब ४ हजार २०० प्रतिनिधिहरूले मात्रै केन्द्रीय निर्वाचनमा भाग लिंदैछन् । सेप्टेम्बर १५ सम्ममा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम टुङ्गो लाग्ने एनआरएनए सचिवालयले जनाएको छ ।

    एमाले निकट मञ्चको समर्थन डा. केसीलाई

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डा.बद्री केसीलाई चुनाव लड्ने तयारी गर्न सन्देश दिएको स्रोतको दाबी छ । त्यसो त एमालेको प्रवासी नेपाली मञ्चले पनि डा.केसीको प्यानललाई नै समर्थन गरेको छ । तर पूर्वप्रधानमन्त्री ओलीको सन्देशबारे डा.केसीले त्यसमा कुनै सत्यता नभएको बताए ।

    ‘समस्त एनआरएनहरूको एजेण्डालाई लिएर दुई दशकदेखि यो अभियानमा सक्रिय छु । म कुनै राजनीतिक पार्टीसँग नजिक हुँला तर कुनै पनि पार्टीको एजेण्डालाई लिएर अगाडि बढेको छैन । त्यसलाई लिएर एनआरएनमा जानुहुन्न भन्ने मेरो दृढ मान्यता छ’, डा. केसीले भने ।

    डा. केसीले आफ्नो समूहको बचाउ गर्दै भने ‘एनआरएनमा लामो समयदेखि योगदान दिनुभएका साथीहरू हुनुहुन्छ । प्रजातान्त्रिक विचारधाराको होस् वा कम्युनिष्ट विचारधारा सबै किसिमका साथीहरूको संगम छ । अझ भनौं सबै खाले पृष्ठभूमिका साथीहरूलाई मिलाएर हामी टिम बनाउँछौं ।’ आफ्नो टिममा प्रजातान्त्रिक समूहमा आस्थावानहरूको वर्चस्व पनि आधा जस्तै रहेको केसी समूहको दाबी छ ।

    डा. केसीले अध्यक्षमा नै आकांक्षा राखिरहेका डा. हेमराज शर्मालाई पुनः उपाध्यक्षमा चुनाव लड्न मनाएका छन् । अमेरिका निवासी व्यवसायी गौरीराज जोशीलाई पुनः महासचिवमा दोहोर्याउने केसी प्यानलले निश्चित गरेको छ । १०औं महाधिवेशनताका बनेको आफ्नो प्यानलबाट नै ९० प्रतिशत उम्मेदवार आउने दाबी डा. केसी समूहको छ ।

    कांग्रेसले चुन्यो श्रेष्ठलाई

    एनआरएनए अधिवेशनमा कांग्रेसबाट को उम्मेदवार बन्ने भन्नेबारे सधैं चर्चाको विषय नै बन्ने गरेको छ । यो पटक पनि अध्यक्षका लागि दुई जना प्रतिस्पर्धी थिए— वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठ (जापान) र महासचिव डा. केशव पौडेल (अमेरिका) । अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र ठूलै रस्साकस्सी नै चल्यो । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासम्मले कांग्रेस निकट एनआरएन नेताहरूसँग छलफल गरेका थिए ।

    अन्ततः अगष्ट १६ मा काठमाडौंमा सम्पन्न बैठकले जापान निवासी व्यवसायी महेशकुमार श्रेष्ठलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ । डा. पौडेललाई उपाध्यक्षमा अघि बढ्न नेताहरूले सुझाव दिएका छन् । बाँकी प्यानल बनाउन वर्तमान अध्यक्ष कुल आचार्य र महासचिव केशव पौडेललाई जिम्मेवारी दिएको स्रोतको दाबी छ ।

    कांग्रेसको समर्थनबारे अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूलाई लोकतान्त्रिक पक्षले समर्थन गर्नु स्वाभाविक भएको बताए । ‘चुनावी मैदानमा उत्रिंदा कसैले आस्थाको आधारमा, कसैले क्षेत्रको आधारमा, कसैले जातको आधारमा समर्थन गर्लान्’ उनले थपे, ‘समर्थन गर्ने आ–आफ्ना आधार हुन्छन् । त्यसलाई अन्यथा लिनुहुँदैन ।’

    विदेशबाट नै मताधिकारको पनि प्रयोग हुँदैछ भन्दै उनले दलहरूमा राजनीतिक प्रभाव नेपालबाट भन्दा अब विदेशबाट बढी पर्ने देखिएको बताए । अध्यक्ष पदमा अमेरिकाबाट केशव पौडेलले आफूलाई निशर्त समर्थन गरेको भन्दै आफ्नो टिममा झन् माहोल सृजना भएको उनको दाबी छ ।

    माओवादीको समर्थन शर्मालाई

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्वका एनआरएनए नेता राजेन्द्र कुमार (आरके) शर्मालाई अघि बढ्न सुझाव दिएको स्रोतको दाबी छ । नेकपा माओवादीको समर्थन पाएका शर्माले पछिल्लो ६ महिनामा ३५ देश पुगेर माहोल समेत बनाएको दाबी गरेका छन् ।

    मध्यपूर्वले पनि एनआरएनएको नेतृत्व पाउनुपर्छ भनेर बहस चलिरहेका बेला माओवादी निकट एनआरएन नेताहरूले यसलाई अवसरको रूपमा लिएका छन् । ‘सरकारमा प्रधानमन्त्री प्रचण्ड हुनु र मध्यपूर्वले नेतृत्व पाउनुपर्छ भन्ने बहस अहिलेका लागि प्लस पोइन्ट नै देखिन्छ’, माओवादी निकट एक जना एनआरएनए नेताले भने ।

    ‘सबै एजेन्डाले नै काम गर्ने हो । मेरा एजेन्डाहरू आम श्रमिकका हुन् । भुईंमान्छेका एजेन्डाहरू हुन् । दलहरूसँग हामी सहकार्य गर्छौं । तर दलसँग छलफल गरेर उम्मेदवारीको टुङ्गो लागेको भन्ने कुरा गलत हो’, शर्माले भने

    बन्ला त गठबन्धन ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको एउटै उम्मेदवार बनाउनेबारे आरके समूहलाई छलफलमा आश्वासन दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए । ‘अहिले कांग्रेसले आफ्नो उम्मेदवार मात्रै तय गरेको हो । तर, अन्तिमसम्म नेतृत्व आफैंले लिने गरी गठबन्धन कायम गर्ने प्रयास हाम्रो रहनेछ’ ती नेताले भने, ‘प्रधानमन्त्रीले त्यही आश्वासन दिनुभएको छ ।’

    यता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि एनआरएनमा गठबन्धन गरेर जाने पक्षमा रहेको स्रोतको दाबी छ । अध्यक्षमा आफ्ना उम्मेदवार श्रेष्ठलाई समर्थन गर्ने गरी अन्य पदहरू मिलाएर गठबन्धन गर्ने कांग्रेस नेताहरूको भनाइ रहेको छ ।

    तर कांग्रेसकै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायत नेताहरू कांग्रेसले आफ्नै बलबुताले चुनाव जित्नुपर्छ भन्ने पक्षमा देखिएका छन् । तर राजनीतिक सोच बाहेक एनआरएनको सांगठनिक संरचना हेर्दा गठबन्धन हुने सम्भावना न्यून रहेको छ । श्रेष्ठ र शर्माले आफ्नो प्यानल बनाउन सुरु गरिसकेकाले पनि त्यस्तो सम्भावना न्यून देखिएको हो ।

    एनआरएन चुनावमा प्यानल बनाएर निर्वाचन लड्न विधानले बन्देज लगाएको छ । तर नेताहरूले विधानको धज्जी उडाउँदै आएका छन् । विधानको मर्म र भावना स्वयं केन्द्रीय पदका आकांक्षीहरूले नै कुल्चिएका हुन् । विकृति ठानिएको यो परम्परालाई नेतृत्वका आकांक्षीहरूले यसपटक पनि निरन्तरता दिएका छन् ।

    ‘राजनीतिक आस्था र विचार बाहिर राखेर छिर्नुपर्छ, मन्दिर दर्शन गर्दा जुत्ता–चप्पल बाहिर खोले जस्तै !’ एनआरएनए नेताले भन्दै आएको कथन हो यो । तर व्यवहारमा भने ठ्याक्कै उल्टो देखिन्छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.