Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»बयान लिने भन्दै महिला थुनावामाथि २ पटक बलात्कार, कसैलाई भने २० वर्ष सडाइदिने धम्की!
    मेन स्टोरी

    बयान लिने भन्दै महिला थुनावामाथि २ पटक बलात्कार, कसैलाई भने २० वर्ष सडाइदिने धम्की!

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं– सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी महिलामाथि बलात्कारको घटनामा भएको स्थलगत अध्ययनले डिएसपी दीपककुमार रायलाई ‘दोषी’ देखाएको छ। कर्तव्य जान मुद्दामा प्रहरी हिरासतमा रहेकी ३५ वर्षीया महिलामाथि प्रहरी कर्मचारीबाटै बलात्कार भएको घटना सार्वजनिक भएपछि मानव अधिकारवादी संघसंस्थाहरुले स्थलगत अध्ययन गरेका थिए।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारवादी संघसंस्थाहरुले गरेको स्थलगत अध्ययनअनुसार डीएसपी रायले थुनुवा महिलामाथि २ पटक बलात्कार गरेको पाइएको छ। बलात्कारको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलडमा सडाइदिने भन्दै डीएसपीले धम्की समेत दिएको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ।

    ‘मुख थुनी बोल्न कराउन नदिइ जबर्जस्ती करणी गरिएको र पुनः हिरासत कक्षबाट बाहिर कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाई दिने भनेर धम्की दिएको देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ। स्थलगत अध्ययन गरेको इन्सेकले घटनाबारे बिस्तृत रूपमा छानबिन गर्न माग समेत गरेको छ।

    कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहेकी ३५ वर्षीया महिलालाई सोही कार्यालयका डिएसपी दीपककुमार रायले ०७९ चैत ६ गते राती बयानका लागि आफ्नो कार्यकक्षमा बोलाएका थिए। आफ्नो कार्यकक्षमा बोलाएर डीएसपीले २ पटक बलात्कार गरेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि लगिएका बेला थुनुवा महिलाले आफूमाथि हिरासतमा भएको हिंसाबारे स्वास्थ्यकर्मीहरूलाई बताएपछि उक्त घटना सार्वजनिक भएको थियो।

    प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासत भित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालयअन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ।

    प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो पद, शक्ति वा अधिकारको प्रयोग गरी कुनै किसिमको दबाब, प्रभाव र प्रलोभनमा पारी यौनजन्य कार्य गर्नु हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलाप इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीका डिएसपी दीपककुमार रायले हिरासतमा रहनुभएकी महिलालाई यौन हिंसा गरेको शङ्का हुने ठाउँ देखिएका छन्। हिरासतमा रहनुभएकी महिलालाई बयानका लागि राति डिएसपीले बोलाएको प्रहरी अधिकारी र पीडित महिलाले बताउनुले घटना भएको आशंका गर्न सकिन्छ। हिरासतमा दिनभर रहनुभएकी महिलालाई राति बयान लिएबाट घटनामा पीडितले लगाएको आरोपको छानबिन गर्नु प्रहरी र राज्यका जिम्मेवार निकाएको दायित्व हो।’

    इन्सेकका अध्यक्ष कुन्दन अर्यालले घटनाबारे प्रहरी र अन्य निकायले बिस्तृत रुपमा छानबिन गर्नुको साटो दोषीलाई प्रहरी प्रशासनले संरक्षण गर्नुले न्यायलाई शक्तिले प्रभावित गरिरहेको भान भएको बताए। अध्यक्ष अर्यालले सुरक्षा निकाय भित्रै सुरक्षा घेरामा रहेकी महिलामाथि बलात्कार हुनु जघन्य अपराध भएको बताए।

    अपराधमा संलग्नलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन र कारबाही गर्नुपर्ने अर्यालको माग छ।

    त्यसैगरी प्रतिवेदन सार्वजनिक गर्दै महिला पुनर्स्थापना केन्द्र (ओरेककी) पूर्व अध्यक्ष रेणु राजभण्डारीले पीडित महिलालाई डिएसपी रायले मुख थुनी, बोल्न कराउन नदिइ जबरजस्ती करणी गरेको र बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाइदिने भनेर धम्की दिएको बताइन्।

    राजभण्डारीले जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र केसीलाई घटनाबारे जानकारी गराए पनि बलात्कार भएको कुरा किन लामो समयपछि भनेको भन्दै उल्टै पीडितलाई पीडा दिने काम गरेको उल्लेख गरिन्।

    त्यस्तै, इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले पीडितको घटना बाहिर ल्याउँदा आफूमाथि प्रहरीले रिसइबी साँधेर कुटपिट गरेको उल्लेख गरे। पोखरेलले प्रहरीकै जिम्मेवार अधिकारी बलात्कार घटनाका आरोपित भएपछि उपल्लो तहका हाकिमले संवेदनशील र थप जिम्मेवारीका साथ अनुसन्धान गर्नुपर्नेमा घटनालाई लुकाउने, घटना बाहिर ल्याउने मानव अधिकार रक्षकमाथि पूर्वाग्रह राखेको बताए।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.