Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»दिल्ली जी-२० सम्मेलनमा ‘शेर्पा’ को चर्चा
    आर्थिक

    दिल्ली जी-२० सम्मेलनमा ‘शेर्पा’ को चर्चा

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुर्गा दुलाल / काठमाडौं – शेर्पा भन्ने बित्तिकै हिमाल चढ्ने वीर समुदायको रुपमा सबैले सम्झन्छन्। पासाङ ह्लामु शेर्पादेखि आङरिता शेर्पासम्मले हिमाल चढेर राखेको रेकर्ड सबैको दिमागमा आउँछ। नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने यी शेर्पा समुदायको मुख्य पेसा नै पर्वतारोहीहरुलाई पथ प्रदर्शक (गाइड) को रुपमा सघाउने हो। उनीहरु पर्वतारोहीहरुसँगै हिमाल चढ्छन् र काम फत्ते गरी छाड्छन्।

    विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु जस्तै अहिले भारतमा भइरहेको जी-२० सम्मेलनमा पनि शेर्पाको चर्चा भइरहेको छ। भारतको राजधानी नयाँदिल्लीमा आयोजित जी-२० सदस्य मुलुकहरुको दुई दिने सम्मेलन आइतबार समापन हुँदैछ।

    सम्मेलनले दिल्ली घोषणापत्र जारी गरिसकेको छ। यो सम्मेलन धेरै कोणबाट महत्वपूर्ण मानिएको छ। जलवायु सम्मेलन, कूटनीतिक सम्बन्ध र रुस-क्रेन युद्ध तथा विश्वका देशहरुबीच बढ्दो ध्रुवीकरणलाई लिएर पनि यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ।

    सन् १९९९ मा जब एसियामा आर्थिक संकट आइलाग्यो अनि यी देशका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरू मिलेर यो फोरम निर्माण गरेका थिए। यो फोरममा ‘ग्लोबल इकोनोमी’ र आर्थिक मुद्दामा चर्चा हुने गर्छ।

    त्यसको केही वर्षपछि २००७ मा विश्वभर आर्थिक मन्दी देखापर्‍यो। यो अवस्थामा यो मञ्चको महत्व झन् बढ्यो। यो सम्मेलन अर्थमन्त्रीबाट माथि उठेर राज्य प्रमुखको सहभागितामा आयोजना हुनेमा पुग्यो। अर्थात् यो सम्मेलनमा सदस्य देशका राष्ट्राध्यक्षले भाग लिन्छन्। जी-२० को पहिलो बैठक २००८ मा अमेरिकाको वासिंटनमा बसेको थियो। अहिलेसम्म १७ बैठक भएको छ। भारतमा १८औं बैठक भएको हो।

    यो सम्मेलनमा एकाएक नेपाली समुदाय शेर्पाको पनि चर्चा भएको छ। ग्लोबल समिट जी-७ र जी-२० मा ‘शेर्पा’ भनेको ‘हेड अफ स्टेट’ को व्यक्तिगत प्रतिनिधि हुन्। यो शब्द ‘शेर्पा’ नामबाट उत्पत्ति भएको हो। हिमाली भूभागमा बसोबास गर्ने तिब्बती जातीय समुदायका मानिसहरू उत्कृष्ट पर्वतारोहण र पदयात्रा कौशलका लागि प्रसिद्ध छन्।

    जी-२० सम्मेलनमा शेर्पाहरुको मुख्य जिम्मेवारी भनेको सहभागी राष्ट्रहरूका नेताहरूको शिखर सम्मेलनअघि सम्भावित सम्झौताहरू तयार गर्ने हो। उनीहरुले पहिले नै सबै तयारी गर्ने गर्दा यस्ता सम्मेलनमा राज्य वा सरकार प्रमुखहरूको वार्तामा अनावश्यक समय र स्रोतहरू खेर नजाओस् भन्ने उद्देश्य राखिएको हुन्छ। ‘शेर्पा’ हरूले विभिन्न योजना र एजेन्डामा काम गरिरहेका हुन्छन्। उनीहरूले आफ्ना नेताहरूको तर्फबाट एजेन्डा तयार गर्छन्। राजनीतिक सहमतिमा पुग्ने प्रयास गर्छन् र मुख्य शिखर सम्मेलनअघि धेरै बैठकहरूमा भाग लिन्छन्।

    जी-२० का ‘शेर्पा’
    अमिताभ कान्त भारतीय प्रशासनिक सेवा (आईएएस) का पूर्व अधिकारी हुन्। नीति आयोगको पूर्व प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका कान्तलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० सम्मेलन सफल पार्न आफ्नो व्यक्तिगत प्रतिनिधि (शेर्पा) को जिम्मेवारी दिएका थिए। सम्मेलनको पहिलो दिन नै सर्वसम्मतिबाट दिल्ली घोषणापत्र जारी भएपछि एक ट्विट गर्दै कान्तले भने, ‘म विकसित तथा उदाउँदा अर्थतन्त्रका शेर्पाहरुसँग छु। उहाँहरु संसारकै सबैभन्दा कडा तथा सबैभन्दा बढी पेसेवर वार्ताकारहरु हुनुहुन्छ। र, उहाँहरुले मलाई मेरो जीवनमै राम्रोसँग सुत्न नपाएका धेरै रातहरु दिनुभयो।’

    ‘शेर्पा’ हरुले कस्तो भूमिका खेल्छन्?
    सम्मेलनअघि प्रत्येक सदस्य राष्ट्रले एक अधिकारी (शेर्पा) तोक्छन् र तिनीहरू बन्द कोठाका बैठकहरूमा भाग लिन्छन्। मुख्य शिखर सम्मेलनका क्रममा आफ्ना नेताहरूलाई सहज होस् भनेर धेरै विषयमा सहमतिमा पुग्ने जिम्मेवारी शेर्पाहरूलाई नै दिइएको हुन्छ। ‘शेर्पा’ हरुले आफ्नो देशको हितलाई प्राथमिकता राखेर यसमा वार्ता गर्छन्। उनीहरु सम्मेलनअघि नै भेला हुन्छन्। नेताहरु दिल्ली आइपुग्नुअघि नै शेर्पाहरू र अन्य सरकारी प्रतिनिधिहरूले जी-२० शिखर सम्मेलनको घोषणापत्रको मस्यौदा तयार पारिसकेका थिए तर अन्तिम सहमति भने शुक्रबार राति मात्रै भएको कान्तले बताएका छन्। ‘शेर्पा’ हरूले व्यापार, ऊर्जा, पर्यटन, स्वास्थ्य, कृषि, विकास, डिजिटल अर्थतन्त्र, शिक्षा, वातावरण आदिका १३ कार्य समूहहरूको विषयमा संलग्न भएर काम गरेका थिए।

    ‘शेर्पा’ शब्दको प्रयोग यसअघि पनि कूटनीतिक रुपमा यस्ता सम्मेलनहरुमा हुने गरेको तर पछिल्लो समयमा अलि बढेको भूराजनीतिक मामलाका जानकार चन्द्रदेव भट्टले बताए। भारतमा आयोजना भएको जी-२० सम्मेलनमा पनि शेर्पा शब्द प्रयोग भएकोमा उनलाई खुसी लागेको छ तर उनीहरुको कामको मूल्यांकन भने नपुगेको उनी ठान्छन्।

    ‘शेर्पा’ शब्दको प्रयोग यस्ता सम्मेलनहरुमा व्यापक रुपमा हुन थालेको छ। यसमा खुसी नै हुने होला तर जसरी प्रयोग भइरहेको छ, मलाई चित्त बुझेको छैन,’ भट्टले भने। ‘शेर्पा भनेको अघि लागेर अप्ठेरो काम फत्ते गर्ने व्यक्तिको रुपमा मात्र लिइएको छ।’ हिमाल आरोहण गर्दा जसरी सबैलाई बाटो देखाउनेदेखि कठिन यात्रालाई सहज बनाउने काम शेर्पाहरुले गरेर आरोहण सफल बनाउँछन्, यसैगरी यस्ता सम्मेलनहरु सफल हुन् भनेर ‘शेर्पा’ हरुलाई जिम्मेवारी दिनु राम्रै पनि हुने उनको विचार छ।

    यसरी ‘शेर्पा’ शब्दको व्यापक प्रयोगले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा शेर्पा समुदायको पहिचान मात्रै बढाएको छैन, उक्त पहिचानलाई नयाँ अर्थ पनि दिएको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.