Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न
    मेन स्टोरी

    नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    २१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको पूर्वार्द्धमा नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न उठेका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ५ असोजमा बेइजिङ जानेछन् । यद्यपि चीन भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ ।

    प्रचण्ड बेइजिङ जानुअघि एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण चिनियाँ राजदूत छेन सङ विवादमा परेका छन् । फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा चिनियाँ राजदूत छेनले भारत र नेपालको व्यापार सम्बन्धमाथि नकारात्मक टिप्पणी गरेका थिए ।

    यो अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको भन्दै चिनियाँ राजदूत छेन सङको आलोचना भइरहेको छ । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले राजदूतको आलोचना मात्र गरेनन्, सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

    समिति बैठकको मूल एजेण्डा प्रधानमन्त्रीको अमेरिका (संयुक्त राष्ट्रसंघको महासभा) र चीन भ्रमणको एजेन्डा र चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा छुटेको विषयमाथि छलफल गर्ने थियो ।

    तर सांसदहरूले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । प्रधानमन्त्री प्रचण्ड व्यस्तताका कारण उपस्थित हुन सकेनन् भने परराष्ट्रमन्त्री साउद उपस्थित भए । परराष्ट्रमन्त्री साउदले राजदूतको विषयमा स्पष्ट जवाफ दिन सकेनन् ।

    सुवाल बाहेक सबै एकस्वर

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बाहेक सबै सांसदले राजदूत छेनको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको निष्कर्षमा एकमत देखिएका छन् ।

    सुवालले भने राजदूतमाथि प्रश्न गर्ने सांसदहरूमाथि प्रश्न गरेका थिए । ‘चिनियाँ राजदूतले मात्रै बोलेका होइनन् । यसअघि भारतका राजदूतले पनि हाम्रो आन्तरिक विषयमा यसरी नै बोलेका थिए, सुवालले सांसदहरूलाई प्रश्न गरे, ‘त्यतिबेला किन प्रश्न नउठाएको ?’

    उनले भारत र पश्चिमा मुलुकका राजदूतहरूको विगतका विषयमा बोल्दै गर्दा समिति सभापति राजकिशोर यादवले मुलुकको संवेदनशील विषय भएको भन्दै रुलिङ गरेका थिए ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सम्बन्धलाई लिएर तेस्रो मुलुकले चासो व्यक्त गर्दा त्यसले नेपाल अप्ठ्यारोमा पर्ने बताए । ‘नेपालमा धेरै मुलुकका कूटनीतिज्ञ छन् । यसमा एउटाले प्रतिक्रिया जनाउने र अर्कोले चासो व्यक्त गर्दा अप्ठ्यारो हामीलाई पर्छ’ एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘त्यसैले कूटनीतिक मर्यादा बाहिर गएर कसैले पनि बोल्नुहुँदैन ।’

    लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यस्ता विषयमा चिनियाँ मात्रै होइन, सबै मुलुकका राजदूतलाई सचेत गराउनुपर्ने बताए ।

    ‘कुराहरू बढ्दै गए भने अर्को राजदूतले के भन्ला, अर्कोले के भन्ला र हामी एउटा नराम्रो परिस्थितिमा पुग्छौं’ ठाकुरले भने, ‘उहाँलाई बोलाएर अहिले नै हामीले सचेत गराउनुपर्छ । यस्तो कुराहरू नगर्नुहोला भनेर सबै राजदूत र डिप्लोम्याटिक मिसनहरूलाई परराष्ट्र मन्त्रालयले सचेत गराउन आवश्यक छ ।’

    समिति सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्पष्ट शब्दमा कुनै पनि मुलुकले नेपालको तेस्रो मुलुकसँगको सम्बन्धलाई लिएर बोल्नु उचित नभएको बताए ।

    ‘को राजदूत र कहाँको राजदूतले भन्ने भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कुनै पनि छिमेकी वा मुलुकले टिप्पणी गर्ने परम्परा बस्नै दिनुहुँदैन । यो हाम्रो घरेलु विषय हो, हाम्रो सम्बन्धको विषय हो’ उनले भने, ‘सही–गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौं ।’

    चिनियाँ राजदूतको नाम नलिई उनले अघि भने, ‘त्यसमा परराष्ट्र मन्त्रालयलाई सतर्क बनाउने या कुनै सन्दर्भमा स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालय र सरकारले यसमा पहल गरोस् ।’

    नेपालको आन्तरिक होस् वा बाह्य सम्बन्ध त्यसमा तेस्रो पक्षको चासो हुन नहुने बताए । ‘हामी हाम्रो घरपरिवारसँग के गर्छौं, कसरी घरपरिवार मिलाउँछौं’ उनले भने, ‘हामी हाम्रो छिमेकसँग के गर्छौं, अर्को साथीसँग के गर्छौं, तेस्रो पक्षलाई साँचो दिइनुहुँदैन ।’

    एमाले सचिव भीम आचार्यले अभिव्यक्तिको विषयलाई लिएर राजदूतसँग स्पष्टीकरण माग्नुपर्ने बताए । ‘नेपालको आन्तरिक मामलामा कुनै पनि पक्ष बोल्नु राम्रो हुँदैन’ आचार्यले अघि भने, ‘राजदूतले बोलेको विषयमा जानकारी मागेर समितिलाई जानकारी गराउनुपर्छ ।’

    राप्रपा महामन्त्री धवलशमशेर राणाले चिनियाँ राजदूतलाई बोलाएर सचेत गराउन सरकारसँग माग गरे । अन्य मुलुकका कूटनीतिज्ञले पनि यसै गरी सार्वजनिक अभिव्यक्ति दिन थाले भने परिस्थिति नियन्त्रण बाहिर जाने भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने मत राखे ।

    एमाले सांसद सुनिता बरालले चिनियाँ राजदूतलाई यो बोल्ने ठाउँमा प्रधानमन्त्री प्रचण्डले नै पुर्‍याएको दाबी गरिन् ।

    चीनले आयोजना गरेको बोआओ फोरममा नगएको विषयमा प्रश्न उठेपछि प्रचण्डले दिएको जवाफ स्मरण गर्दै उनले भनिन्, ‘संसदमा उभिएर उहाँले चिनियाँ राजदूतले नै नजाँदा हुन्छ भनेपछि नगएको भनेर बोल्नुभयो । आफैंले राजदूतलाई किन यति स्थान दिएको हो ?’ उनले अहिले राजदूतले बोले भनेर दोष लगाउनु भन्दा पनि हामीले के गरिरहेका छौं भनेर पनि हेर्नुपर्ने बताइन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि चिनियाँ राजदूत छेनले दिएको अभिव्यक्ति संवेदनशील भएको भन्दै नजरअन्दाज गर्दा थप असहजता सिर्जना हुने धारणा राखे ।

    आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजदूतले माफी माग्नुपर्ने बताए । ‘चिनियाँ राजदूतको अभिव्यक्तिका विषयमा माफी मागे क्षमा दिने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्छ’, साहले भने ।

    सांसद एकनाथ ढकालले राजदूत छेनले पोखरा विमानस्थलको उद्घाटनका क्रममा उक्त आयोजना चीनको बीआरआई अन्तर्गत हो भनी दिएको अभिव्यक्तिबारे पनि स्पष्टीकरण माग्नुपर्ने धारणा राखे ।

    ‘चिनियाँ राजदूतले पोखरा विमानस्थल बीआरआई अन्तर्गत हो भन्नुभएको छ । परराष्ट्रले यस विषयमा पनि उनीसँग सोधेर समितिलाई जानकारी गराउनुपर्छ’ उनले भने, ‘बीआरआई अन्तर्गत नेपालमा के-के काम भइरहेका छन् भनेर जानकारी गराउनुपर्छ ।’

    अधिकांश सांसदले आपत्ति जनाए पनि परराष्ट्र मन्त्रीले भने पूर्वी जिल्लाको भ्रमणमा रहेकाले यो विषय पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यम मार्फत जानकारी पाएको बताए ।

    ‘म केही दिनदेखि काठमाडौं बाहिर भएकाले उहाँले के बोल्नुभएको हो भन्ने जानकारी छैन’, बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री साउदले भने ।

    अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भने राजदूत छेनले दिएको अभिव्यक्तिबारे सत्यतथ्य बुझी भविष्यमा नेपालको आन्तरिक र तेस्रो मुलुकसँगको सम्बन्धबारे यस्ता टिप्पणी नदिन सचेत गराउन निर्देशन दिएको छ ।

    ‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने ? के नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’ समिति सभापति राजकिशोर यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउन निर्देश गर्दछु ।’

    नक्साको विषय पनि स्पष्ट पार्न माग

    प्रधानमन्त्रीको भ्रमणको तयारी चलिरहेकै बेला चीनले जारी गरेको नक्सामा नेपालले संसदबाट जारी गरेको नयाँ नक्सालाई नसमेटेको विषयलाई लिएर पनि असन्तुष्टि चुलिएको छ ।

    तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नक्सा जारी भएलगत्तै छिमेकी लगायत सबै अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको बताएका थिए । तर त्यसको केही दिनपछि नै परराष्ट्र मन्त्री साउदले सम्बन्धित शाखामा बुझ्दा जानकारी गराउन पत्र पठाएको नभेटिएको बताएका थिए ।

    दुई मन्त्रीबीच एउटै विषयलाई लिएर फरक-फरक धारणा सार्वजनिक भएपछि समितिले यसबारेमा जानकारी माग गर्न साउदलाई समिति बैठकमा बोलाएको थियो । समितिका सदस्यहरूले पनि मन्त्री साउदसँग स्पष्ट पार्न माग गरेका छन् ।

    समिति बैठकमा उपस्थित मन्त्री साउदका साथै परराष्ट्र सचिव भरतराज पौड्यालले नक्साबारे जानकारी पठाएको नभेटिएको स्पष्ट पारे । ‘म मन्त्री भइसकेपछि मैले सम्बन्धित शाखामा बुझ्दा कसैले पनि जानकारी पठाएको भेटिएन’ पूर्वपराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणीलाई इंगित गर्दै साउदले भने, ‘पठाएको तथ्य भए ल्याए हुन्छ । म खुसी नै हुनेछु ।’

    उनले चीनको नक्साबारे विज्ञप्ति जारी गरेरै कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न तयार रहेको जानकारी नेपाल सरकारले दिइसकेको बताए ।

    एमाले सांसद भीम आचार्यले आरोप-प्रत्यारोप गर्नुभन्दा चीनले के आधारमा नक्सा नसमेटिएको हो भनेर बुझेर अघि बढ्नुपर्ने बताए । ‘चीनले प्रकाशन गरेको नक्सामा हाम्रो नक्सा किन समेटिएन भनेर सोध्नुपर्छ’ उनले भने, ‘चीनले के जवाफ दिन्छ त्यसको आधारमा हामी अघि बढ्नुपर्छ ।’

    माओवादी सांसद पुनले पनि नक्साको विषयमा कहाँ कमजोरी भएको हो भनेर समितिलाई जानकारी गराउन माग गरे । ‘नक्साको तथ्य के हो ? हामीले सर्वसम्मत जानकारी गरेको हो कि होइन ?’ पुनले भने, ‘कहाँ कमजोरी भएको हो समितिलाई जानकारी गराइयोस् ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.