काठमाण्डौ – आज कृष्ण जन्माष्टमी । देशभरका कृष्ण मन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी मनाईंदैछ । पाटनको कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

काठमाण्डाै तारकेश्वर नगरपालिका –८ लामबगरको राधाकृष्ण मन्दिर बाट निकालिएको कलश तथा रथ यात्रामा सहभागी भक्तजनहरु ।

म्याग्दीको सदरमुकाम बेनीकाे बेनी आवासीय माविका विद्यार्थीहरु श्री कृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण नाच प्रदर्शन गर्दै ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्णको भेषभुषामा सजिएका तनहुँको व्यास नगरपालिका–४ आदर्श विद्यागृहका विद्यार्थी ।
कञ्चनपुरको झलारी बजारमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा सडक छेउमा भजन गाउँदै गरेका युवा ।
Facebook Comments Box
