काठमाडौँ । सरकारले ५८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवको सरकारले एकै पटक सरुवा गरेको हो ।
जस अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दुई सहसचिव बाहिरिएका छन् भने पाँच जना भित्रिएका छन् । बाहिरिनेमा सहसचिव बलराम रिज्याल र हेमराज तामाङ रहेका छन् ।
रिज्यालको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा भएको छ भने तामाङको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।
आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा.नारायणप्रसाद रेग्मी, राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहाल, गृह मन्त्रालय अन्तरगत कार्यरत सहसचिव सुशिल बैद्य र झलकराम अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव तुलसीराम भट्टराई गरेर पाँच जना मन्त्रालय भित्रिएका छन् ।
