आबुधावी – चर्चित गायक राजु लामा सहित मङगोलीयन हर्ट ब्याण्डले आबुधावीमा धमकेदार प्रस्तुती गर्ने भएको छ । सेप्टेम्बर ९ दुबईको याक एण्ड यती क्लब तथा १० तारिक आबुधावीको ५ तारे होटल सेराटन कर्निसमा साङगितिक कार्यक्रम हुन लागेको हो ।

आबुधावीको नेपाली डुड नामक इभेन्ट समुहले आयोजना गर्न लागेको सो कार्यक्रमको लागी गायक राजु लामा सहित मङ्गोलीयन हर्ट ब्यान्ड आउन लागेको हो ।

खासगरी आबुधावीमा रहेका नेपालीलाई लक्षित गरेर आयोजना गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका मुख्य ब्यबस्थापक नीमा शेर्पाले हालखबर अन्लाईनलाई जानकारी दिनुभयो ।

कार्यक्रमको प्रवेश शुल्क तथा अन्य केही आबश्यक परे आयोजकलाई संपर्क गर्न ब्यबस्थापक शेर्पाले बताउनुभयो ।
Facebook Comments Box
