Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»वीर अस्पतालबाट बाट हाम्फालेका पुरुषको शव लिन कोही आएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र भेटियो
    मेन स्टोरी

    वीर अस्पतालबाट बाट हाम्फालेका पुरुषको शव लिन कोही आएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र भेटियो

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।

    अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताए । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पाैडेलकाे भनाइ छ ।

    घटना आज बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।

    अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनकाे उमेर अनुमानित ३५ वर्ष छ । उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल परिचयपत्र केही पनि भेटिएको छैन ।

    केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको स्रोतले बतायो । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको छैन ।

    उनी अस्पतालभित्र लुकीलुकी छिरेको दृश्य सिसिटिभी फुटेजमा पनि कैद भएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.