Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»नेपाल आज भारतसँग भिड्ने, समर्थकलाई धैर्य रहन प्रशिक्षकको अनुरोध
    खेलकुद

    नेपाल आज भारतसँग भिड्ने, समर्थकलाई धैर्य रहन प्रशिक्षकको अनुरोध

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बह्दौ १८/ हाअ – एसीया कप क्रिकेटमा आज नेपाल भारत सँग भिड्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसि रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् ।

    एसिया कप क्रिकेटमा भारतसँगको खेल अघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग पनि हामीले एकै खालको रणनीति अपनाउनु पर्ने बताएका हुन् ।

    ‘उनीहरुसँग ५० वर्षभन्दा लामो इतिहास छ । हामी एकदमै स्थापित टिमसँग खेल्दैछौं भन्ने कुरा बुझ्नुपछ, हामीभन्दा उनीहरुसँग धेरै अनुभव छ,’ देसाईले भने, ‘हामीले जसरी एसोसियट राष्ट्रहरुसँग रणनीतिक रुपमा खेलेका थियौं त्यसरी नै खेल्न जरुरी छ ।’

    ओमान, यूएई, कुवेतसहितका टिम सहभागी काठमाडौंमा भएको एसीसी प्रिमियर कप जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । देसाईकै प्रशिक्षणमा प्रिमियर कप जितेको नेपाल विश्वकप छनोटमा समेत छानिएको थियो ।

    उनले पछिल्लो ८ महिनायता नेपाली टिमलाई वान बल ब्याटलको अवधारणामा क्रिकेट खेलाइरहेका छन् ।

    दीपेन्द्र कुंवर/फेसबूक

    ‘हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने हो । हामीले भारतविरुद्ध एक महत्वपूर्ण खेल खेल्दै गर्दा मानसिक रुपमा प्रेजेन्ट हुनुपर्छ । हामी जहिले पनि माथिल्लो स्तरमा खेल्न चाहन्थ्यौं, अहिले त्यो स्तरमा आउँदा हामीले त्यहि भएर उत्साह भएर खेल्न जरुरी छ’, उनले भने ।

    नेपाली खेलाडीले धेरै खालको परिस्थितिमा खेलिरहेका भन्दै उनले मानसिक रुपमा शान्त भएर खेल्न जरुरी रहेको बताए । ‘फरक ड्रेसिङ रुममा फरक मानसिकता हुन्छ । नतिजा आफ्नो पक्षमा नआउँदा नआउँदा पीडा पनि हुन्छ । हामी खेलाडीहरुलाई समूहमा र व्यक्तिगत रुपमा पनि योगा गराइरहेका हुन्छौं । सबैलाई फरक तरिकाले मानसिक शान्तिका साथमा खेलमा प्रेजेन्ट हुन कोशिस गर्दै छौं’, उनले भने ।

    एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग नेपालका बलरहरुले ३५ ओभरसम्म राम्रो प्रयास गरेको भन्दै तारिफ गरे । ‘हाम्रो बलरहरुले दोस्रो ब्रेकसम्म पनि राम्रो गेका थिए, अन्तिममा सोमपाल कामीको विकेट पनि राम्रो भएको थियो । हामीले ब्याटिङमा योजना अनुरुप खेल्न सकेनौं । तर सोमपाल र आरिफको साझेदारी तारिफ योग्य थियो । हामीले सानो सानो कुरामा विजयी पाइरहेका थियौं, त्यसलाई पनि खुसी मनाऔं ।’

    प्रशिक्षक देसाईले ठूला र स्थापित राष्ट्रसँग नेपालले खेल्दै गर्दा धैर्य गरेर समर्थन गर्न समर्थकलाई आग्रह गरे ।

    ‘धैर्य गर्नुस् भन्न चाहन्छु । हामी सिमित स्रोत साधनको साथमा यी खेलाडीलाई यहाँसम्म ल्याउनु आफैंमा सकरात्मक पक्ष हो । हामीमाथि समर्थकको धेरै ठूलो अपेक्षा छ । राष्ट्रको र हामी आफैंको पनि अपेक्षा हुन्छ । त्यो अपेक्षालाई सम्हाल्न गाह्रो हुन्छ ।’

    ‘हामी प्रोसेसमा विश्वास गरेर हामी अझै धेरै पटक क्वालिफाइ गछौं ताकि यस्ता अवसरहरु आइरहुन् । हामी पनि ठूला राष्ट्रहरु जस्तै खेल्न सकूँ । ठूला व्यवस्थित राष्ट्रहरुसँग क्रिकेट खेल्दा प्रेसरमा खेल्न हामी सिक्छौं । हामीले हरेक पटक यी कुराहरु सिकेर जाँदैछौं ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.