Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»आठ महिनामा ६ लाख पर्यटक नेपाल आए, अगस्टमा मात्रै ६७ हजार जनाभन्दा धेरै
    उर्जा/पर्यटन

    आठ महिनामा ६ लाख पर्यटक नेपाल आए, अगस्टमा मात्रै ६७ हजार जनाभन्दा धेरै

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डाै – गएको अगस्ट महिनामा ६७ हजार एक सय ५३ जना विदेशी पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको अगस्ट महिनाको भन्दा झन्डै २६ हजार जनाले धेरै हो ।

    सन् २०२२ को अगस्ट महिनामा ४१ हजार तीन सय चार जना विदेशी पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२१ मा छ हजार ९३ जना र सन् २०२० मा दुई सय ६७ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० र २१ मा कोरोना महामारीका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको हो । कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल आएका थिए ।

    सन् २०१९ को तुलनामा यो वर्ष झन्डै ९१ प्रतिशत पर्यटक आएका छन् । विश्वव्यापी आर्थिक मन्दी र रुस–युक्रेन युद्धका बीच पनि कोरोना महामारीले थलिएको पर्यटन व्यवसायको पुनरोत्थान अन्तिम चरणमा पुगेको नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

    गएको अगस्ट महिनामा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २६ हजार छ सय ६५ जना रहेका छन् । यस्तै चीनबाट पाँच हजार २७ जना र अमेरिकाबाट चार हजार छ सय २९ जना आएका छन् ।

    सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बाेर्डका अनुसार याे वर्षको जनवरीदेखि अगस्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० जना पर्यटक भित्रिएका हुन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.