Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री
    उर्जा/पर्यटन

    राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भाद्र १५, पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ।

    शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताउनुभएको हो।

    सभामा प्रधानमन्त्रीले भन्नुभयो, “केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।”

    समाजवादी मोर्चाबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।”

    “यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौँ। विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो। माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो। मलाई खुसी छ” प्रधानमन्त्रीले भन्नुभयो, “सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौँ।”

    “विभाजित सबै कम्युनिस्टहरू एकतावद्ध हुनुपर्छ। त्यसका लागि समाजवादी मोर्चा पहिलो कदम हो। हाम्रा विवादहरू समाधानको बाटोमा छन्, हामी छिट्टै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भन्नुभयो।

    “क्रान्तिको आफ्नो वस्तुगत नियम छ। यो मानिसको इच्छाहरू अनुसार चल्दैन। यो क्रान्ति र प्रतिक्रान्तिको नियमअनुसार अगाडि जान्छ। हामी पनि त्यही प्रक्रियाभित्र छौँ” उहाँले भन्नुभयो, “जनयुद्ध र जनआन्दोलनदेखि संविधान सभासम्मको वाद थियो। त्यसपछि हामी विवादमा गयौँ, त्यसले हामीलाई विभाजित गर्‍यो। अब हामी संवादको प्रक्रियामा छौँ। विवादले अन्यौल र आशंका जन्मायो, त्यो व्यक्तिगत विषय थिएन। संघर्षको चरण सकिएपछि त्यो नयाँ आधारमा नयाँ एकतातिर जान्छ। यो पूरानो एकता होइन नयाँ आधारमा नयाँ एकता हुनेछ। यो समाजवादी क्रान्तिका निम्ति एकता हो।”

    “सरकारको मोर्चाबाट हामीले सकेसम्म जनमुखी काम गरिरहेका छौँ। यहाँ परिवर्तन रक्षा गर्ने कि ध्वस्त पार्ने भन्ने बहस छ। संसद र लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र चिरेर यहाँ आएका छौँ। चार दलको यो मोर्चा थप बिस्तारित हुँदै जानेछ। अन्य वामपन्थी, लोकतान्त्रिक र समाजवादी शक्ति एकतावद्ध हुँदै जानेछन्। यो विशाल शक्ति बन्दै जानेछ” प्रधानमन्त्रीले भन्नुभयो।

    “यो सरकार सुझबुझपूर्ण ढंगले गठन भएको हो। हामीले नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेका छौँ। राजनीतिक मोर्चामा हामी सफल अवतरण गरिरहेका छौँ। गठबन्धनभित्र राम्रो एकता पैदा भएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “सरकार बेथितिका विरूद्ध लडिरहेको छ। यी काम सामान्य छैनन्। जनताको हैरानी परिसानी सम्बोधन गर्नेगरि यो अभियान सुरू गरेको थिएँ। म प्रधानमन्त्री बन्दै गर्दा देश श्रीलंका बन्छ भन्ने आतंक थियोे। अहिले त्यस्तो परिस्थिति छैन। वित्तीय नीति र मौद्रिक नीतिबीच एकरूपता कायम गरिएको छ। निजी क्षेत्रलाई विश्वास लिएर काम अगाडि बढेको छ। रेमिटान्स बढेको छ, राजश्व बढेको छ, पर्यटक आगमनमा वृद्धि छ। तर, अर्थतन्त्रको दवाव पूरै हटिसकेको छैन। यसका लागि सरकारले दृढतापूर्वक काम गर्दैछ।”

    “विदेशमा जाने युवाका निम्ति सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको छ। अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गरिएको छ। यसले सामाजिक कल्याणको माध्यमबाट यसले समाजवादको आधार तयार पार्छ” प्रधानमन्त्रीले भन्नुभयो, “यो भ्रष्टाचारविरोधी अभियान मात्रै होइन। राष्ट्रिय गौरवका आयोजनालाई गति दिने प्रयास गरिएको छ। देशमा राम्रो वातावरण बन्दै गएको छ।”

    “भ्रष्टाचारका कारण देश थिलोथिलो भएको छ। राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ। त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ। ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ। सुन तस्करीहरूको भयानक जालो तोड्ने कुरा छ।” प्रधानमन्त्रीले भन्नुभयो, “मिटरब्याज पीडित गरिब किसानहरूको पक्षमा प्रहार गर्‍यौँ, ऐन बनायौँ, आयोग बनायौँ। जनयुद्ध दिवस, सहिद घोषणा गर्‍यौं। देश र जनताको पक्षमा लिइएका पहलहरू सामान्य प्रकृतिका छैनन्, दूरगामी महत्त्वका छन्।”

    “अर्थतन्त्रमा गति ल्याउन महत्त्वपूर्ण काम भएका छन्। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ। यसले लगानीको राम्रो वातावरण बनेको छ। सीमा समस्या समाधानका लागि महत्त्वपूर्ण काम भएको छ। पञ्चेश्वर परियोजना अगाडि बढेको छ। पञ्चेश्वरले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ। बंगलादेशसँग विद्युत व्यापारको सम्झौता भएको छ। १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी परियोजना अगाडि बढाइँदैछ” प्रधानमन्त्रीले भन्नुभयो।

    “विरोधीले सरकारले राम्रो गर्‍यो भन्दैनन्, उनीहरूले त खत्तम पारे भन्छन्। सरकारका राम्रा काम जनतामा लैजाने हामीले नै हो” प्रधानमन्त्रीले भन्नुभयो।

    प्रधानमन्त्रीले भन्नुभयो, “जलवायु परिवर्तनको मुद्दामा संयुक्त राष्ट्रसंघको महासभामा मैले दृढतापूर्वक कुरा राख्छु। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे पनि गम्भीर कुराकानी हुन्छ। लगत्तै चीन भ्रमण हुँदैछ। चीनसँग भौतिक पूर्वाधार सम्बन्धि काम अगाडि बढाउनेछौँ। हिल्सा र कोरला नाका सञ्चालनमा ल्याउने पहल हुन्छ। चीनसँग पनि विद्युत व्यापार सम्झौता हुने विश्वास लिएका छौँ। पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउनेबारे पनि गम्भीर छलफल हुन्छ। उत्पादन वृद्धिका लागि कृषिमा क्रान्ति जरूरी छ। त्यसबारे पनि चीनसँग कुराकानी हुन्छ।”

    “सरकारबारे विभिन्न प्रश्न उठाइएको छ। प्रचण्डले खुट्टा कमाउँछ, आफ्नालाई छोड्छ भन्ने गलत प्रचार गरिएको छ। प्रचण्डले भ्रष्टाचार गरे पनि नछोड्नु भनेको छु। दोषी छ भने कांग्रेस, एमाले, माओवादी, समाजवादी जोसुकै भए पनि छोडिँदैन। यो अभियान रोकिँदैन। यसमा गठबन्धन पनि एकमत छ। यो गठबन्धन पाँच वर्ष जान्छ” प्रधानमन्त्रीले भन्नुभयो।

    सन्देश सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत मोर्चाका नेताहरूले सम्बोधन गर्नुभएको थियोे।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.