Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, June 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»१२ बुँदे घोषणालाई सम्झौताको अंश बनाउने हो कि होइन एमसीसी उपाध्यक्षलाई सोध्छु : प्रचण्ड
    आर्थिक

    १२ बुँदे घोषणालाई सम्झौताको अंश बनाउने हो कि होइन एमसीसी उपाध्यक्षलाई सोध्छु : प्रचण्ड

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् । एमसीसी परियोजना भोलि बुधबार कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

    त्यसको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री प्रचण्ड स्वयंमले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन् ।
    समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले एमसीसीबारे आफूले धेरै बोल्दा फाइदा नगर्ने बताए ।

    एमसीसी अनुमोदन गर्ने क्रममा आफूले के–के गरेँ भनेर फेहरिस्त पेश गर्ने हो भने नेपालको परराष्ट्र नीतिको सन्तुलन बिग्रिने खतरा रहेको उनले बताए । उनले अगाडि भने, ‘के चाहिँ भन्छु भने नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि लडिठरहेको छु,जसरी जनयुद्धको बेला लडेको थिएँ ।’

    अनुदान दिएर नेपालमा विकास गर्छौं भन्नेको अनुदान पनि लिने र राष्ट्रिय हित पनि प्रवर्द्धन हुने उपायको खोजी गर्ने क्रममा व्याख्यात्मक घोषणा भेटिएको प्रचण्डले बताए । अन्तर्राष्ट्रिय कानुनी मान्यता प्राप्त घोषणा भएको भन्दै उनले भने, ‘भोलि गडबड भयो भने आन्दोलनमा जानसक्ने उपाउ के छ भन्दा १२ बुँदे घोषणा ।’

    संसदबाट सर्वसम्मत रुपमा पास भएको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको सम्पत्ति भएको उनले बताए । ‘यसलाई कार्यान्वयन गर्ने हुन्छ कि हुन्न भन्नेमा आशंका छ’ समाजवादी मोर्चाको कार्यक्रममा विप्लव लगायतका नेताहरुले उठाएको आशंकामा सही थप्दै प्रचण्डले भने, ‘अहिले एमसीसीबारे एक जना अधिकारी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री भएकाले मसँग भेट्ने भइहाल्यो ।’

    उनले अगाडि भने, ‘म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु । त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.