Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»राजनीति»प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको नेता शेखर कोइरालाको आरोप
    राजनीति

    प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको नेता शेखर कोइरालाको आरोप

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हा.अ. – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

    शनिबार विराटनगरमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उनले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्रीले नै द्वन्द्व निम्त्याउने खालको अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।

    ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । परिस्थिति धार्मिक खासियत लडखडाएको छ’ उनले भने, ‘आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीजस्तो व्यक्तिले माओवादीले बहुमत ल्याए जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्ने भन्नुभएको छ । उहाँले जातीय द्वन्द्व बढाउने काम गरिरहनु भएको छ ।’

    नेता कोइरालाले सुनसरीको धरानमा भएको घटनाले मुलुकभर असर गर्ने बताए । ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन’, उनले भने, ‘संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य कहिंकतैबाट हुनुहुँदैन ।’

    कोइरालाले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए । ‘यहाँ देखिएको सुन तस्करीले विश्वलाई केन्द्रित गराएको छ । सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर अरू मुलुकले समेत चलखेल गर्दै आएका छन्’ उनले भने ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.