Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»मलेसियाको जेलमा रहेका १८ जना नेपाली स्वदेश आइपुगे, ८० जना अझै जेलमा
    मध्यपूर्व गतिविधि

    मलेसियाको जेलमा रहेका १८ जना नेपाली स्वदेश आइपुगे, ८० जना अझै जेलमा

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेर त्यहाँ जेल जीवन विताइरहेका १८ जना नेपाली स्वदेश आइपुगेका छन। 

    नेपाली दूतावास, एनआरएनए मलेसिया र आइओएमको सहयोगमा उनीहरु नेपाल आइपुगेका हुन।  एक साता अघि १२ जना, जनवरी ३० मा १ जना र विहीबार पाँच जना गरी १८ जना नेपाली स्वदेश आइपुगेका हुन।

    ‘धेरै लामो पहलपछि बल्ल १८ जना नेपाली घर फर्कन पाएका छन,’ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराइले भने, ‘बाँकीहरुको लागि पनि पहल गरिराखेका छौं।’ उनका अनुसार मलेसियाको विभिन्न जेलमा अझै  ८० जना नेपाली छन। 

    एनआरएन मलेसियाले बाँकी जेलमा रहेका कामदार स्वदश फर्काउन पहल गरेपनि उनीहरु कहिले नेपाल आइपुग्छन भन्ने टुंगो छैन। 
    नेपाल फर्कन उनीहरुलाई हवाइ टिकटको आवश्यक पर्छ भने पिसिआर टेष्ट पनि गर्नु पर्ने हुन्छ। 

    नेपाल आइपुगेका १८ जनालाई भने आइओएमले हवाइ टिकटको ब्यवस्था मिलाएको थियो। पिसिआर टेष्ट मलेसियन सरकार र अन्य व्यवस्थाहरु एनआरएनए मलेसियाले गरेको हो। 

    वैदेशिक रोजगारीमा गएकाहरु भनेको जस्तो काम नपाएपछि कम्पनीहरु परिवर्तन गर्न बाध्य हुन्छन।  उनीहरु अवैधानिक रुपमा बस्न थाल्छन। 

    यसरी अवैध रुपमा बसेपछि समयम समयमा प्रहरीले छापा मार्ने गर्छ । त्यही बखत पक्राउ परेका  ८०  जना नेपाली अहिले जेलमा छन।  

    जेलमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्नुको साथै मृत्‍यु भएका शबहरु पठाउने कामका साथै एनआरएनए मलेसियाले त्यहाँ अलपत्र परेका  नेपालीहरुलाई पनि खाना र बस्ने व्यवस्था मिलाउँदै बिरामी भएकाहरु लाई उद्धार गरी नेपाल पठाउने काम गरी आइरहेको छ।

    साथै एनआरएनए मलेसियाले अलपत्र परेका नेपालीहरुलाईको उद्धार गर्न ५ जना स्वयमसेवक र कानुनी पराशर्म दातासमेत नियुक्त गरेको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.