Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, June 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?
    आर्थिक

    टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?

    adminBy admin३ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गत फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला गुगलको भूकम्प पूर्वचेतावनी प्रणाली असफल भएको र धेरै टर्किस बासिन्दाहरुसम्म पुग्न नसकेको खुलासा भएको छ । बीबीसीले गरेको एक अनुसन्धानले यस्तो देखाएको हो ।

    गुगलका अनुसार उसको पूर्वचेतावनी प्रणालीले भूकम्पको धक्का आउनुभन्दा एक मिनेट अगाडि नै प्रयोगकर्ताको फोनमा सूचना दिन्छ ।

    सोही बमोजिम सबैभन्दा ठूलो तथा पहिलो धक्का आउनु अगाडि दशौँ लाखको फोनमा त्यस्तो अलर्ट पठाइएको दाबी गुगलको छ । तर, बीबीसीले भूकम्प प्रभावित मुख्य तीनवटा सहरको स्थलगत भ्रमण गरेर सयौँ मानिसहरुसँग कुराकानी गर्दा आफले फोनमा गुगलले पठाएको त्यस्तो पूर्वसूचनाको मेसेज पाएको भन्ने एकजना पनि भेटिएनन् ।

    गुगलको यो पूर्वचेतावनी प्रणाली एन्ड्रोइड फोनमा मात्रै उपलब्ध छ तर आइफोनमा भने उपलब्ध छैन । जबकि टर्कीमा स्मार्टफोन बजारमा ८० प्रतिशत हिस्सा एन्ड्रोइड फोनकै रहेको छ ।

    प्रशान्त उत्तरपूर्वी भूकम्पीय सञ्जालका निर्देशक रहेका हारोल्ड टोबिन भन्छन् : यदि गुगलले भूकम्प पूर्वचेतावनी जस्तो सेवा उपलब्ध गराउने प्रष्ट बाचा गर्दछ भने त्यो आम सरोकारको विषय हो । मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्धित यस्तो विषयको पालनामा उनीहरु जिम्मेवार हुनुपर्दछ ।

    तर गुगलको उक्त प्रणाली सम्बन्धी प्रडक्ट प्रमुख मिकाह बम्र्यान भने सो प्रणालीले काम गरेको दाबी गर्दछन् ।

    सो प्रणाली सक्रिय भएर मानिसहरुको मोबाइलमा सूचना पठाएको कुरामा आफुहरु विश्वस्त रहेको उनको जिकिर छ । तर टर्कीको भूकम्पमा आम मानिसहरुले यस्तो मेसेज पाएको भन्ने दाबीलाई पुष्टि गर्ने प्रमाण भने गुगलले पेश गर्न सकेको छैन ।

    स्मरण रहोस् फेब्रुअरी महिनामा गएको भूकम्पमा परी टर्कीमा ५० हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो । बिहान सबेरै ७.८ म्याग्नेच्यूडको पहिलो मूख्य भूकम्पीय धक्का गएकोमा दिउसोका समयमा दोश्रो शक्तिशाली धक्का गएको थियो ।

    दोश्रो धक्काअघि भने मोबाइलमा गुगल अलर्ट पाएका केही सिमित मानिसहरुलाई भने गुगलले फेला पारेको छ ।

    गुगलको भूकम्पीय पूर्वचेतावनी प्रणालीले कसरी काम गर्छ ?

    गुगलको एन्ड्रोइड Earthquake Alert System सन् २०२१ को जुन महिनामा टर्कीमै सार्वजनिक गरिएको थियो ।

    यो प्रणाली विश्वका दर्जनौँ देशमा क्रियाशील छ । भूकम्पको पूर्वसूचना प्रयोगकर्तालाई दिने फिचर आफ्नो एन्ड्रोइड सिस्टमको एउटा केन्द्रीय हिस्सा रहेको दाबी गुगलले गर्दै आएको छ ।

    यो प्रणाली एन्ड्रोइड फोनहरुको विशाल सञ्जालका डाटाहरु प्रयोग गरेर सञ्चालन हुन्छ । स्मार्टफोनमा निकै सानो आकारका एक्सेलेरोमिटरहरु हुन्छन् जसले हल्का हल्लिएको पनि थाहा पाउँछन् ।

    जब धेरैवटा फोनहरु एकै समयमा हल्लिन्छन् तब गुगलले इपिसेन्टर पत्ता लगाउने तथा भूकम्पको तिव्रता पनि पत्ता लगाउन सक्दछ । ४.५ रेक्टर स्केल वा त्यो भन्दा ठूलो भूकम्पीय धक्का आउँदा यो एन्ड्रोइड प्रणालीले फोनफोनमा चेतावनी सन्देश पठाउँछ ।

    यसमा drop, cover, hold भन्ने सन्देशसँगै चर्को आवाजमा फोनमा अलार्म बज्दछ । साथै यसले फोनको do not disturb mode लाई पनि निस्तेज पार्दै आवाज घन्काउँछ । फेब्रुअरी ६ टर्किस भूकम्पका बेला दशौँलाखलाई सफलतापूर्वक अलर्ट पठाइएको जिकिर गुगलको छ ।

    यद्यपि मानिसहरुले गुगलबाट कतिधेरै चेतावनी सन्देश प्राप्त गरे भन्ने कुरा उनीहरु भूकम्पको केन्द्रविन्दुबाट कति टाढा छन् ? भन्ने कुराले प्रभाव पार्दछ । बम्र्यानका अनुसार पृथ्वीमा जमिनबाट यात्रा गर्ने भूकम्पीय तरंगको तुलनामा इन्टरनेटबाट प्रसार हुने सन्देश सम्बन्धित ठाउँमा छिटो पुग्दछ । यस्तो फरक कहिलेकाहीँ एक सेकेण्डको केही हिस्साभन्दा समेत सानो हुन्छ भने कहिलेकाहीँ १ मिनेटसम्मको अन्तर हुन्छ ।

    बीबीसीका अनुसार भूकम्पग्रस्त क्षेत्रमा हप्तौँसम्म रिपोर्टिंग गर्दापनि त्यसबेला गुगलको अलर्ट आएको कुरा कसैले बताएका थिएनन् । बीबीसीको टोली भूकम्पको इपिसेन्टरभन्दा ७० देखि १५० किलोमिटर टाढा पर्ने अदाना, इस्केन्देरन र ओस्मानीए सहरमा पुगेको थियो ।

    त्यसक्रममा दोश्रो धक्काको अगाडि केही मानिसहरुले गुगलको अलर्ट प्राप्त गरेको भेटिएपनि पहिलो मूख्य धक्का अगाडि भने त्यस्तो अलर्ट कसैले पनि पाएको देखिएन ।

    सोसल मिडियामा सन्नाटा !

    विश्वका अन्य विभिन्न देशमा भूकम्पजस्ता विपदहरु घटिसकेपछि त्यहाँका मानिसहरु सोसल मिडियामा निकै सक्रिय बनेको र घटनास्थलका कुराहरु पोस्ट गरिरहने गरेको पाइन्छ ।

    साथै भूकम्पछि टर्कीमा पनि मानिसहरुले आफूले गुगलमा पाएको पूर्वचेतावनीको मेसेजका बारेमा सोसल मिडियामा पोस्ट गर्छन् होला भन्ने अपेक्षा रहन्छ । बम्र्यान भन्छन्, ‘हामीसँग उपलब्ध निकै कम पृष्ठपोषणका श्रोतहरुमध्ये हामीले हेर्न सक्ने भने श्रोत भनेको सोसल मिडिया हो । तर बम्र्यानले अपेक्षा गरेजस्तो भएन ।

    टर्कीमा पहिलो भूकम्पको धक्कापछि त्यहाँको सोसल मिडिया अस्वभाविक रुपमा शान्त देखियो । यो घटनामा सोसल मिडियामा किन कुनै धेरै प्रतिक्रिया देखिएन भन्ने कुराको प्रष्ट जवाफ आफूसँग नभएको उनी बताउँछन् ।

    गुगलले शेयर गरेको एउटा पिडिएफका अनुसार १३ जना सोसल मिडिया प्रयोगकर्ताले सो दिन आफूले प्राप्त गरेको चेतावनी अलर्टका विषयमा सोसल मिडियामा कुराकानी गरेका छन् । तर, ती सबै दोश्रो धक्का अगाडि प्राप्त भएका हुन् । पहिलो धक्काभन्दा अगाड त्यस्तो पूर्वसूचनाको अलर्ट आफुलाई प्राप्त भएको भनी एकजनाले दाबी गरेको भएपनि उनले नाम नबताएकाले पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

    उता गुगलले भने आफुहरुले प्रयोगकर्ता सर्भेक्षणबाट पृष्ठपोषण प्राप्त गरिसकेको भन्दै उक्त प्रणालीले काम गरिरहेको बताएको छ । प्राध्यापक टोबिन चाहीँ गुगलको भूकम्प पूर्वचेतना प्रणाली तुलनात्मक रुपमा नयाँ रहेको र उपयोगी पनि हुनसक्ने भएतापनि यस विषयमा गुगल कम्पनी पारदर्शी हुनुपर्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेको बताउँछन् ।

    उनी भन्छन्, ‘यदि तपाईले जीवन सुरक्षा तथा सामुदायिक सुरक्षाको सूचना प्रवाह गरिरहनु भएको छ भने त्यसले कसरी र कति राम्रोसँग काम गर्दछ भन्ने कुरामा पारदर्शी बन्ने दायित्व तपाईसँग रहन्छ ।

    टर्किस भूकम्प विज्ञ प्राध्यापक सुक्रु एर्सोइका अनुसार उनकी पत्नी भूकम्पको बेलामा भूकम्पग्रस्त क्षेत्रमै रहेको भएपनि एन्ड्रोइड फोनमा कुनै अलर्ट प्राप्त गरिनन् । आफुले अहिलेसम्म गुगलको त्यस्तो पूर्वचेतावनी प्राप्त गरेका कुनैपनि व्यक्तिसँग कुरा गर्न नपाएको उनी बताउँछन् ।

    यदि गुगलको उक्त प्रणालीले काम गरेको भए त्यो निकै फाइदाजनक हुनसक्थ्यो भन्ने ठम्याई प्राध्यापक एर्सोइको छ । तर टर्कीको विनाशकारी भूकम्पका बेलामा पनि काम नगरेपछि गुगलको उक्त प्रणालीमाथि प्रश्न उठेको बताउँदै उनी भन्छन्, ‘यदि यो लाभदायी प्रणाली हो भने हामी ठूलो भूकम्पका बेला समेत किन यसबाट लाभान्वित हुन सकेनौँ ?’

    वास्तवमा यो पछिल्लो १ सय वर्ष यताकै ठूलो मध्येको एउटा भूकम्प थियो ।

    उता बीबीसीसँगको अन्तरवार्तापछि दिएको विज्ञप्तिमा गुगलका अधिकारीले भनेका छन्, ‘विनाशकारी भूकम्पको घटनापछि फोन प्रयोगकर्ताले अलर्ट प्राप्त गर्ने, देख्ने वा त्यस बमोजिमक काम गर्ने कुरालाई विभिन्न तत्वहरुले प्रभाव पार्दछन् । त्यसमा भूकम्पको खास विशेषताहरुका साथै इन्टरनेट कनेक्टिभिटीको उपलब्धता जस्ता पक्षहरुले भूमिका खेल्दछन् ।’ बीबीसीबाट

    Facebook Comments Box

    Author

    • admin
      admin

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.