Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, June 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो : केपी ओली
    आर्थिक

    कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो : केपी ओली

    adminBy admin३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् ।

    एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल र भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सिमा भनेर अर्घेल्याई गरेको बताएका हुन् । ‘कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याई हो । त्यस्तो पनि गर्न हो ? छिमेकीले त्यस्तो त गर्नुभएन । हामीले हाम्रो दावी छाड्नु हुँदैन’ उनले भने ।

    कालापानीमा भारतले ६१ वर्षअघि सेना ल्याएर राखेको भन्दै ओलीले विना सम्झौता, विना जानकारी एकतर्फी रूपमा सेना राखेको बताए । सरकारले पनि लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गरेको भन्दै ओलीले भने, ‘अहिले लिम्पियाधुरा लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको छ । तर दाबी छोड्न हुँदैन। उहाँहरूले (भारतले) उपभोग गरिरहेको किन हो त ?’

    नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन आफैंले बुझ्ने तयारी गरेको तर सरकार छाड्नुपरेको ओलीले टिप्पणी गरे । ‘ईपीजी प्रतिवेदन म प्रम हुँदा बुझ्ने भनिएको थियो, नबुझ्ने भन्ने थिएन । तर मिती मात्रै तोकिएको थिएन । पछि मैले सरकार छाड्नुपर्‍यो’ उनले भने ।

    ईपीपी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

    Facebook Comments Box

    Author

    • admin
      admin

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.