Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएईमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका श्रेष्ठ दाम्पत्यद्वारा तनहुँमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
    मध्यपूर्व गतिविधि

    यूएईमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका श्रेष्ठ दाम्पत्यद्वारा तनहुँमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे४ महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यूएई। संयुक्त अरब इमिरेट्समा स्थापित माउन्ट ८८४८ रेष्टुर‍ेन्ट, अबुधाबी र माउन्ट एभरेष्ट रेष्टुर‍ेन्ट, दुबईका सञ्चालकहरू सोनाम श्रेष्ठ र महेश श्रेष्ठले आफ्नै गृह जिल्लाका बालबालिकालाइ न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन्। श्रेष्ठ दाम्पतिले हरेक वर्षझैं यस वर्ष पनि जाडो मौसमलाई लक्षित गरी न्यानो कपडा तथा बालबालिकाका लागि आवश्यक स्टेशनरी सामग्री वितरण गरेका हुन्।

    सामाजिक सेवामा आफ्नो निरन्तर प्रतिबद्धता देखाउँदै श्रेष्ठ दम्पतीले उक्त सामग्री तनहुँको म्याग्दी गाउँपालिकामा वितरण गरेका हुन्। प्रदान गरेको सहयोग सामाग्री एक कार्यक्रमका बीच बुवा कृष्ण कुमार र आमा विष्णु माया श्रेष्ठले हस्तान्तरण गरेका हुन्।

    समाजसेवाको दायरा फराकिलो बनाउँदै श्रेष्ठ परिवारले ‘हर्ट बिट’ नामक संस्थालाई गरिब तथा विपन्न वर्गका बालबालिकालाई वितरण गर्नका लागि १० हजार थान कापी पनि उपलब्ध गराएको छ। ‘हर्ट बिट’का जुजु काजीको माध्यमबाट उक्त सहयोग सामग्री संस्थालाई हस्तान्तरण गरिएको हो।

    यो परोपकारी कार्यले म्याग्दी गाउँपालिकाका बालबालिकाहरूलाई जाडोको समयमा न्यानो कपडाको पहुँच सुनिश्चित गर्नुका साथै शैक्षिक सामग्रीको उपलब्धतामा महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ।

    आबुधाविमा लामो समय रोजगारी तथा केहि बर्ष यता रेस्टुरेन्ट ब्यबसायमा सक्रिय उनीहरुले हरेक बर्ष नीयमित रुपमा बिभिन्न ठाउमा यस्तै सहयोग गर्दै आएका छन। गतबर्ष उनीहरुले अर्घाखाँची छत्रदेव गाउपालिका अन्तर्गत बल्कोटका सामुदायिक विधालयमा अध्यनरत बालबालिकालाइ ट्रयाकसुट तथा न्यानो कपडा प्रदान गरेका थिए।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.