रस अल खैमाहमा एक सवारीसाधन सम्बन्धी विवादपछि तीन महिलाको गोली हानी हत्या भएको छ । घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको यूएईबाट प्रकाशन हुने खालिज टाइम्सले जनाएको छ ।
गोली चलेको खबर पाएलग्गत्तै पाँच मिनेटभित्रै प्रहरी टोली घटनास्थलमा पुगेर तुरुन्तै अभियुक्तलाई कारबाही गरेको रस अल खैमाह प्रहरीले जनाएको छ।
प्राथमिक अनुसन्धान अनुसार, साँघुरो बाटोमा सवारी पास गर्ने विषयमा विवाद शुरु भएको थियो। विवाद चर्किएपछि अभियुक्तले आगो लाग्ने हतियार प्रयोग गरी ती तीन महिलामाथि गोली प्रहार गरेको बताइएको छ।
घाइते महिलाहरूलाई तत्काल अस्पताल लगिए पनि उपचारको क्रममा तीनैजनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
अभियुक्तलाई पक्राउ गरी प्रयोग गरिएको हतियार बरामद गरिएको छ भने घटनालाई थप कानुनी कारवाहीका लागि सार्वजनिक अभियोजन कार्यालयमा बुझाइएको छ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई दैनिक जीवनका सामान्य विवादमा आफूमाथि नियन्त्रण राख्न र झगडामा नफसिन आग्रह गर्दै, समाजको सुरक्षालाई खलल पुर्याउने जोकोहीमाथि कडा कानुनी कारवाही गरिने चेतावनी दिएको छ। – स्रोत खालिज टाईम्स