Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएईको नेपाली दुतावासद्वारा दुई दिने अतिरिक्त सेवा, ८०० जना भन्दा धेरै लाभान्वित
    मध्यपूर्व गतिविधि

    यूएईको नेपाली दुतावासद्वारा दुई दिने अतिरिक्त सेवा, ८०० जना भन्दा धेरै लाभान्वित

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे१२ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अबुधाबी – नेपाली दुतावास आबुधावीले दुई दिने अतिरिक्त सेवा मार्फत निशुल्क स्वास्थ्य परिक्षण तथा राहदानी नवीकरण सेवा प्रदान गरेको छ । यहाँ कार्यरत नेपाली श्रमिक तथा समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा र राहदानी नवीकरण सेवा प्रदान गरेको हो । गएको बुधवार र आज गरी सम्पन्न दुईदिने विशेष शिविरमा सयौं नेपाली श्रमिकहरू लाभान्वित भएका छन्। अतिरिक्त सेवाका लागि दुतावासले अघिल्लो साता सूचना प्रकाशन गर्दै सार्वजनिक आवह्वान गरेको थियो ।

    अहलिया हस्पिटल आबुधावीको प्राविधिक तथा चिकिस्तकिय सहयोगमा करिब ३०० जनाले आँखा, मधुमेह (डायबेटिज) र रक्तचाप सम्बन्धी निःशुल्क परीक्षण गराएका थिए। शिविरमा स्वास्थ्य परीक्षणसँगै मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा पनि प्रदान गरिएको अस्पतालकी बजार प्रबन्धक तथा नेपाली समुदाय हेर्ने प्रज्ञा घिमिरेले बताइन । शिविरका लागि अस्पतालले नेपाली डाक्टर यासिर श्रेष्ठको नेत्रित्वमा चिकित्सकको टोली खटाएको थियो ।

    शिविरको दोस्रो दिन शुक्रबार दूतावासले राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवा प्रदान गरेको थियो। सो अवसरमा करिब ५०० भन्दा बढी नेपाली श्रमिकहरूले राहदानी नवीकरण, बायोमेट्रिक विवरण संकलन लगायतका सेवा प्राप्त गरेका थिए।

    दुतावासका अनुसार, यूएईमा कार्यरत श्रमिकहरूको सुविधालाई ध्यानमा राखी शिविर सञ्चालन गरिएको हो। दूतावासको अतिरिक्त सेवा कार्यक्रममार्फत श्रमिकहरूलाई आवश्यक स्वास्थ्य तथा प्रशासनिक सेवा, श्रम सचेतना सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रस्तुत गरेको दुतावासकी प्रवक्त्ता तथा नियोग उपप्रमुख रन्जिता दाहालले जानकारी दिईन ।

    यूएईमा रही नेपाली श्रमिकहरूले भोगिरहेका विभिन्न समस्या तथा सीमित पहुँचलाई मध्यनजर गर्दै दूतावासले आगामी दिनमा यस्ता सेवा शिविरलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

    शिविर सफल बनाउन एनआरएन, नेपाली समाजले स्वयंसेवक खटाएर उल्लेखनीय सहयोग गरेको दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.