Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»रमादान तथा इदको अवसरमा यूएईले १६६ र कतारले १८ नेपाली कैदीलाई आममाफी दिए
    मेन स्टोरी

    रमादान तथा इदको अवसरमा यूएईले १६६ र कतारले १८ नेपाली कैदीलाई आममाफी दिए

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । संयुक्त अरब इमिरेट्स (यूएई)का बिभिन्न जेलमा रहेका १६६ जना नेपालीले आममाफी पाएका छन। नेपाल सरकारको अनुरोधमा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १६६ जना नेपाली कैदीलाई आममाफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच कतार सरकारले बिभिन्न जेलमा रहेका १८ जना नेपालीलाई आममाफी दिएको छ।

    मुस्लिम समुदायको पवित्र महिना रमजान तथा ईद पर्वको खुसीयाली स्वरूप यूएई तथा कतार सरकारले यो मानवीय निर्णय लिएका हुन ।

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयले धन्यवादपत्र जारी गर्दै यूएई तथा कतार सरकारलाई धन्यवाद समेत प्रकट गरेको छ। मन्त्रालयका अनुसार यो आममाफी द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने मानवता र आपसी सौहार्दताको प्रतीक पनि हो।

    परराष्ट्र मन्त्रालयले जानकारी दिएअनुसार नेपाल सरकारको अनुरोधमा अबुधाबी तथा दोहामा रहेको नेपाली दूतावासले ती देशका सरकारसँग आममाफीको पहल गरेका थिए । सोही अनुरोधको आधारमा दुबै देशका सरकारले कैदीहरूलाई क्षमा दिएका हुन ।

    नेपाल सरकारले यस निर्णयलाई मानवीय आधारमा लिइएको महत्वपूर्ण कदमका रूपमा लिएको छ। मन्त्रालयले यस किसिमको सहकार्यले नेपाल-यूएई, नेपाल-कतार सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको धन्यवाद पत्रमा उल्लेख गरिएको छ। के कस्ता कैदिहरुले आममाफी पाएका हुन भन्ने बिषय विज्ञप्तीमा उल्लेख गरिएको छैन।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.