Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»धर्म संस्कृति»ताप्लेजुङ अपडेट : आन्दोलन रोकेर वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह
    धर्म संस्कृति

    ताप्लेजुङ अपडेट : आन्दोलन रोकेर वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह

    हालखबर अनलाइनBy हालखबर अनलाइन८ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माण कार्य तत्काल रोकेर स्थानीय संग वार्ता गर्न सांसदहरुले माग गरेका छन् । आईतबार संसद बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले त्यहाँका स्थानीयको माग अनुसार तत्काल केवलकार निर्माण कार्य स्थगित गर्न माग गरेकी छन् ।
    ‘हाम्रा थुप्रै कानूनी प्रावधानहरुले विकास र व्यापारलाई निर्देशित गरी स्थानीयको सहभागितालाई अधिकारको रुपमा सुनिश्चितता गरेको छ । कस्तो विकास, कसरी विकास गर्ने भन्ने नीतिहरु छन् । आर्थिक र सामाजिक विकास संगै त्यस ठाउँको धार्मिक र सामाजिक अस्थित्व र महत्वको संरक्षणलाई पनि उत्तिकै प्रथामिकतामा राखिनु पर्दछ,’ उनले भनिन, ‘पाथिभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार विवाद बर्षौ देखि भइरहेको छ । अहिले कर्फू लागेको अवस्था छ ।
    जनता ‘एस’ केवलकार र ‘नो’ केवलकारमा विभाजित भएका छन् । आक्रोषित छन्, सरकारले उचित किन निकास दिन सकेको छैन् । सामाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा छन् । सरकारले जनताप्रति देखाएको अभिभावकत्व केहि हो त रु ’ उनले निर्माण कार्यलाई तत्काल स्थगित गरेर सबै पक्षसंग वार्ता संवाद गरेर समस्याको समाधान खोज्न आग्रह गरेकी छन् ।

    यस्तै राप्रापा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले एउटा व्यापारिक स्वार्थको लागि पाथीभरामा भाई–भाई लडाउने कार्य तत्काल बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘आज मन्त्री स्तरको वार्ता गर्नको लागि सरकार तयार छैन,’ उनले भने, ‘के त्यहाँ मान्छे मरेपछि मात्र वार्ता गर्ने हो र ?’ उनले सरकार पाथीभरा क्षेत्रलाई एउटा व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरीरहेको आरोप समेत लगाएका छन् । सारा राज्य शक्ति लगाएर दमन गरेर निर्माण सुरु गरिएको केवलकार निर्माणको काम तत्काल स्थगित गर्न उनले माग गरेका हुन् ।

    आकस्मिक समयमा अन्य सांसदहरु रामकुमार राई लगायतका सांसदहरुले पनि वार्ता मार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.