Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, May 30
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएईको नेपाली दुतावासबाटै श्रम स्वीकृति :श्रम मन्त्रीद्वारा आजै उद्घाटन
    मध्यपूर्व गतिविधि

    यूएईको नेपाली दुतावासबाटै श्रम स्वीकृति :श्रम मन्त्रीद्वारा आजै उद्घाटन

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी – यूएईको नेपाली दुतावासबाटै श्रम स्वीकृति सेवा सुरु गरिने भएको छ । नेपाली श्रमिकहरूको सुविधालाई मध्यनजर गर्दै आबुधावीमा रहेको नेपाली दूतावासले अब श्रम स्वीकृति सेवा सिधै दूतावासबाटै प्रदान गर्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिह भण्डारीको उपस्थितिमा आज उद्घाटन गरिने भएको यूएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताउनुभयो ।

    दुबईमा जारी वर्ल्ड गभर्मेन्ट समिटमा सहभागी हुन यूएई आएका श्रममन्त्री भण्डारीले आज दुबईमा एक कार्यक्रम गरेर यो सेवाको उद्घाटन गर्ने भएका हुन ।

    नयाँ व्यवस्थाले यूएईमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रक्रियामा सहजता र सरलता प्रदान गर्ने अपेक्षा गरिएको छ। अब श्रमिकहरूले श्रम स्वीकृतिका लागि नेपाल फर्कनु पर्ने बाध्यता हटाउदै समय र खर्च जोगिने छ ।

    दूतावासका अनुसार, यो सेवा विशेष गरी पुन: श्रम स्वीकृति का लागि उपयोगी हुनेछ। वैदेशिक रोजगार विभागले यसअघि नै अनलाइनमा पुन: श्रम स्वीकृति सेवा प्रदान गर्दै आए पनि बिदेशमा रहेका कामदारलाई त्यो प्रकृया सहज थिएन ।

    पहिलो पटक बिदेश आएका, बायोम्याट्रिक नगरेका तथा भिजिट भिसामा आएर श्रम स्विक्रिती नलीई काम गरिरहेका श्रमिकलाई बैधानिकीकरण गर्न दुतावासबाट प्रदान गर्न लागेको श्रम स्वीकृति सेवाले मद्दत गर्ने आम श्रमिकको बुझाई छ ।

    हालखबर अनलाइन सँग कुरा गर्दै मन्त्री भण्डारीले “विदेशमा कार्यरत हाम्रा श्रमिकहरूको हितलाई ध्यानमा राख्दै, उनीहरूको श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन यो कदम चालिएको हो। यसले श्रमिकहरूको समय र स्रोतको बचत गर्नेछ।”

    यूएईमा रहेका नेपाली श्रमिकहरूले अब दूतावासको आधिकारिक वेबसाइटमार्फत आवश्यक जानकारी प्राप्त गरी, श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन्। दूतावासले यस सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ।

    यधपी आबुधावीमा रहेको नेपाली दुतावासमा जनशक्तीको अभावमा हालका सेवा समेत राम्रो सँग प्रदान नभई रहेको अवस्थामा श्रम स्वीकृति सेवा सहज तवरमा हुने भन्ने बिषयमा सरोकारवालाहरुले भने आशंका ब्यक्त गरेका छन ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.