Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»गगनले उद्घाटन गरेको मुस्लिम संघको लुम्बिनी अधिवेशनमा बबण्डर, नेतृत्व चयनबिनै नेताहरू टाप
    विशेष

    गगनले उद्घाटन गरेको मुस्लिम संघको लुम्बिनी अधिवेशनमा बबण्डर, नेतृत्व चयनबिनै नेताहरू टाप

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रुपन्देही । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेतृत्व चयनबिनै स्थगित गरिएको छ । निर्वाचन गराउन माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गर्दा मध्यरातसम्म बबण्डर भएको थियो ।

    लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री गगन थापाले गरेका थिए । पूर्वगृहमन्त्रीद्वय बालकृष्ण खाँड र देवेन्द्रराज कँडेलको पनि उपस्थिति थियो । उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले ‘सबैलाई मिलाएर’ नेतृत्व चयन गर्न सुझाव दिएका थिए । सकेसम्म निर्वाचन नगराउने उनको आशय थियो ।

    प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि आफूहरूले मतदान गर्न पाउनुपर्ने पक्षमा रहे । तर, नेतृत्वले निर्वाचन टार्न खोजेपछि अधिवेशन भाँडिएको हो । आफूले चाहेको व्यक्तिलाई अध्यक्षको टिका लगाउन नपाएपछि केन्द्रीय नेताहरूले अधिवेशन नै बिथोलेको गुनासो प्रतिनिधिहरूको छ । निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनीहरूले बताएका छन् ।

    नेपाल मुस्लिम संघको केन्द्रीय समिति र निर्वाचन समितिले हिजो राति साढे ८ बजे विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएका छन् । अधिवेशन अब कहिले हुन्छ भन्नेबारे केही बताइएको छैन ।

    बुधवार साँझ सदस्यहरू निर्विरोध चयन भएका थिए । तर अध्यक्षमा तीन जनाको उम्मेदवारी पर्‍यो । अन्य पदमा पनि उम्मेदवारी परेपछि निर्वाचनको प्रक्रिया शुरु भएको थियो । अध्यक्षमा बुटवलका सबर मिया र जाकिर हुसेन तथा नवलपरासीका कमिदिन मियाले उम्मेदवारी दर्ता गरे । मिया भने सहमतिमा जान तयार थिए । यसअघि सचिव रहेका सबर मियाको पक्षमा बलियो माहोल देखिएको थियो ।

    आफूले चुनाव जित्ने निश्चित भएपछि अर्को पक्षले अनावश्यक बखेडा निकालेर अधिवेशन रोकेको आरोप मियाले लगाएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक केन्द्रीय अध्यक्ष अब्दुल सत्तरले जाकिर हुसेनलाई अध्यक्ष बनाउन खोजेको तर निर्वाचनबाट त्यो नहुने भएपछि अधिवेशन नै स्थगित गराएको उनको दाबी छ ।

    ‘अधिकांश प्रतिनिधि मेरो पक्षमा थिए, तर अब्बुल सत्तरले मलाई चाहनुभएको थिएन,’ उनले भने, ‘निर्वाचनको सबै प्रक्रिया पुरा भएर मत पत्र छापिएको थियो, तर आफूले भनेको नहुने भएपछि अन्तिम समयमा बल प्रयोग गरेर रोकाउनुभयो ।’

    ११ जिल्लाका प्रतिनिधिले हिजै नेतृत्व टुंग्याउन माग गर्दै नाराबाजी गर्दा अर्को पक्ष डराएर मध्यरातमा भागेको मियाले बताए । अब्दुलको दबाबमा संघका केन्द्रीय अध्यक्ष अताउल मन्सुरीले निर्वाचन समितिलाई पत्र लेखेर निर्वाचन प्रक्रिया रोकिएको उनको भनाइ छ ।

    अध्यक्षका अर्का दाबेदार जाकिर हुसेन भने सबर पक्षले फर्जी मतदाता बनाएको सूचना बाहिर आएपछि केन्द्रीय समितिले अन्तिम समयमा पत्र लेखेर रोकेको बताउँछन् ।

    ‘एउटा जिल्लामा बसेर सबै जिल्लाका प्रतिनिधिको सूची बनाइएको थियो, यसको सूचना केन्द्रले पाएपछि रोकिएको हो,’ उनले भने, ‘रमजान चलेको छ, अब एक महिनापछि मात्रै हुने भयो ।’

    बुटवलमा बसेर अनावश्यक राजनीति गर्दा समस्या भएको उनको आरोप छ । ‘मध्यरातमा केन्द्रीय अध्यक्ष र अन्य नेताहरूलाई नै होहल्ला गरेर कार्यक्रमस्थलबाट लखेटियो, यसरी पनि संगठन चलाउन सकिन्छ रु’ उनले प्रश्न गरे ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.