Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»श्रमिकका समस्या समाधानमा पहल गर्ने कांग्रेस सांसद यादवको प्रतिबद्धता
    मध्यपूर्व गतिविधि

    श्रमिकका समस्या समाधानमा पहल गर्ने कांग्रेस सांसद यादवको प्रतिबद्धता

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद नागिना यादवले श्रमिकका समस्या समाधानका लागि सरकार र संसदमार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् । यूएईका नेपाली समुदायसँगको अन्तरक्रियामा यहाँका नेपालीले भोगेका समस्या सामाधानमा भुमिका खेल्ने अठोट गरेकी हुन् ।

    नेपाली जनसम्पर्क समिति यूएईले आयोजना गरेको अन्तरक्रियामा बौल्दै यादवले नेपाल फर्किएपछि नेपालका लागि उपयुक्त परियोजना ल्याउने योजना सुनाइन्। साथै, दुबईमा नेपाली दूतावासको काउन्सुलर कार्यालय स्थापनाका लागि आगामी बजेटमा आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने बताइन्।

    उनले विदेशमा रहेका विभिन्न नेपाली संघ-संस्थाहरू एकजुट भएर प्रवासी नेपालीहरूका समस्याहरू समाधानका लागि साझा रणनीति बनाउनु आवश्यक रहेको धारणा राखिन्।

    कार्यक्रमका क्रममा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमिल्सिनाले युएईमा कार्यरत नेपाली श्रमिकका विभिन्न समस्याहरू सांसदसमक्ष राख्दै नेपाली कांग्रेसले विदेशमा प्रान्तीय समिति तथा अन्तर्राष्ट्रिय समिति गठन गर्नुपर्ने माग गरे। एनआरएनए युएईका अध्यक्ष बिकास शाहिले युएईमा नेपाली श्रमिकको न्यूनतम तलब १२०० दिराम निर्धारण गरिनुपर्ने र भिजिट भिसामा स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने माग प्रस्तुत गरे।

    नेपाली जनसम्पर्क समिति युएईका संरक्षक खेमराज बस्नेतले दुबईमा नेपाली कन्सुलर कार्यालय स्थापनाका लागि पहल गर्न अनुरोध गरे। कार्यक्रम सञ्चालनका क्रममा सहमहामन्त्री तुल्सीराम भुसालले नेपालले न्यूनतम कार्बन फुटप्रिन्ट उत्पादन गरे पनि जलवायु परिवर्तनको प्रभावले हिमालहरूमा हिउँ पग्लन थालेको र वातावरणमा नकारात्मक असर परिरहेको बताए।

    कार्यक्रम नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमिल्सिनाको सभापतित्वमा तथा प्रमुख अतिथि सांसद नागिना यादव थिइन् भने विशिष्ट अतिथिहरूमा संरक्षक खेमराज बस्नेत, प्रमुख सल्लाहकार मनोज कुमार श्रेष्ठ, सल्लाहकार कृष्ण प्रसाद गौतम, एनआरएनए युएईका अध्यक्ष बिकास शाही, एनआरएनए आईसीसी कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, जनप्रगतिशील मञ्च युएईका अध्यक्ष लक्षमण खनाल, र अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष बाबुराम सुनार लगायतले आफ्नो धारणा राखेका थिए ।

    सांसद यादव युएईमा अरब संसदले आयोजना गरेको वातावरण परिवर्तन र कार्बन उत्सर्जन सम्बन्धी सेमिनारमा भाग लिन आएकी थिइन्।

    केशव खड्काको सहयोगमा ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.