Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएईका दर्शकमाझ गुञ्जिदै सुजन चापागाईँ
    मध्यपूर्व गतिविधि

    यूएईका दर्शकमाझ गुञ्जिदै सुजन चापागाईँ

    हालखबर अनलाइनBy हालखबर अनलाइन९ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गायक सुजन चापागाईंले आगामी जेठ १८ (१ जुन) मा यूएईको दुबईमा लाइभ ब्यान्डसहित प्रस्तुति दिने भएका छन् । आयोजक निपफिल्म्सले सोमबार सुजनको कन्सर्ट मिति घोषणा गर्दै दुबईको अल–नासार लिजरल्याण्डमा प्रस्तुति दिने तय भएको जनाएको छ ।

    मध्यपूर्वका अन्य मुलुकमा पनि सांगीतिक टुरको पहल भइरहेपनि अहिलेलाई दुबईको मिति मात्र तय भएको निपफिल्म्सका रमेश ढकालले बताए ।

    पछिल्लो समय रुचाइएका गायक सुजनको यो दोस्रो अन्तर्राष्ट्रिय टुर हुनेछ । सन् २०२३ को सुरुवातमा उनी अस्ट्रेलियामा गुञ्जिएका थिए । मध्यपूर्वमा पहिलोपटक गुञ्जिन लागेका उनले चाँडै अमेरिकामा पनि प्रस्तुति दिने तयारी छ ।

    निपफिल्म्सले टिम पालाजसँगको सहकार्यमा दुबईमा कन्सर्ट गर्न लागेको हो । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका साझेदार समेत रहेको निप फिल्म्सका प्रमुख ढकालले सुजनकै संगीत रहेको फिल्म ‘ऊनको स्वीटर’लाई मध्यपूर्वमा वितरणको जिम्मा लिएको छ । यो फिल्मको गीत ‘मखमली’ यसै महिना नेपालसहित अस्ट्रेलिया र मध्यपूर्वका देशमा युट्युब ट्रेन्डिङमा थियो । उनको अघिल्लो गीत ‘एक्लै भए नि मेरो प्रेम’ पनि निकै रुचाइएको थियो । कोभिड महामारीताका सार्वजनिक भएको गीत ‘तीनपाते’बाट सुजन नेपाली सांगीतिक क्षेत्रमा चिनिएका हुन् । उनको स्वर तथा संगीत रहेका बाफ, लजाएर, घुमी घुमी, फूलथुंगे रानी लगायत गीत लोकप्रिय छन् ।

    उनलाई स्पोटीफाइमा मासिक सुन्ने श्रोताको संख्या १ लाख ५१ हजार छ । अस्ट्रेलिया र यूएईमा उनका पछिल्ला दुवै गीत युट्युब चार्टमा ट्रेन्डिङमा थिए जुन अवसर कमै संगीतकर्मीलाई प्राप्त हुन्छ ।

    फिल्म ‘ऊनको स्वीटर’ २६ वैशाखमा प्रदर्शन तयारीमा छ । विश्वव्यापी प्रदर्शनमा आएको एक महिनापछि हुन लागेको कन्सर्टले सुजनको लोकप्रियतालाई अझै वृद्धि गर्ने अपेक्षा छ । रिलिजअघि नै यूएईमा रहेको क्रेजलाई आत्मसात गर्दै सुजनको कन्सर्ट तय गरिएको आयोजक संस्थाका ढकालले जनाए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.