Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»सुदूरपश्चिम एनपीएलको फाइनलमा : जनकपुर बोल्टस र कर्णाली याक्स भोली भिड्ने
    खेलकुद

    सुदूरपश्चिम एनपीएलको फाइनलमा : जनकपुर बोल्टस र कर्णाली याक्स भोली भिड्ने

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ ।

    टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

    जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

    सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ५८ रन बनाए । ५५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि सैफ अलि जैवसँग ५६, दोस्रो विकेटका लागि ब्रान्डन म्याकमुलेनसँग ५९ र तेस्रो विकेटका लागि अविजित २६ रनको साझेदारी गरे ।

    सैफ २१ बलमा ३२ रनमा आउट भए । ब्रान्डन १९ बलमा २५ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २० रनमा अविजित रहे । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

    शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा र स्कट कुगेलेइनले एक विकेट लिएका छन् । पराजित भएको जनकपुरले फाइलन प्रवेशका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.