Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निलम्बित

    ४ दिन अगाडि

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ६ दिन अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    १ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, January 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»ईयूद्धारा युरोप उडानमा नेपालका वायुसेवा कम्पनीमाथीको प्रतिबन्ध कायममै
    उर्जा/पर्यटन

    ईयूद्धारा युरोप उडानमा नेपालका वायुसेवा कम्पनीमाथीको प्रतिबन्ध कायममै

    सेफ्टी सुरक्षामा सुधार नआएको जिकिर
    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ ।

    ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

    ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् । यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् ।

    यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनुृ हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ ।

    ईयूले पहिलो पटक सन् २०१३ मा नेपालका सबै वायुसेवालाई सेफ्टी लिस्टमा राखेको थियो । त्यसयता नेपाल यस्तो सूचीबाट बाहिरिन सकेको छैन ।

    मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि सरकारको उच्च तहबाट ईयूको सेफ्टी लिस्टबाट बाहिरिन गरेको प्रयास अझै सफल हुन सकेको छैन ।

    एक पक्षले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक दुई छुट्टाछुट्टै वर्गमा विभाजन नगरेसम्म ईयूले उसको सेफ्टी लिस्टबाट नहटाउने दाबी गर्दै आएको छ ।

    अर्को पक्ष भने नेपालले चिनियाँ जहाज खरिद गरेका कारण ईयूले सेफ्टी लिस्टमा राखेको दाबी गर्दै आएको छ ।

    तर, केहीले ‘नेपालका वायुसेवाहरू युरोपमा जाने भए पो सेफ्टी लिस्टमा पर्दा डर हुन्छ, युरोप नै नजाने भएपछि केही समस्या हुन्न’ भन्ने तर्क गर्ने गरेका छन् ।

    नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान गर्ने भएका कारण कुनै बेला चार्टर वा अन्य उडान लिएर युरोेप जानुपर्ने अवस्था आयो भने ईयूको सेफ्टी लिस्टका कारण समस्या पर्न सक्ने उड्डयन विज्ञहरू बताउँछन् ।

    ईयूले हाल जारी गरेको सेफ्टी लिस्टमा हवाईजहाज सेवा प्रदायकतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, समिट एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स र मकालु एयर छन् ।

    त्यसैगरी हेलिकप्ट सेवा प्रदायतकर्त एयर डाइनेस्टी हेली सर्भिसेस, अल्टिच्युड एयर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर्स सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, प्रभु हेलिकप्टर्स र सिम्रिक एयर छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निलम्बित

    ४ दिन अगाडि

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ६ दिन अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    १ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    २ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.