Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Tuesday, April 21
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»नेपाली दूतावास आबुधावीले नेपाली समुदायको सहयोगमा राहदानी घुम्ती सेवा गर्ने
    मध्यपूर्व गतिविधि

    नेपाली दूतावास आबुधावीले नेपाली समुदायको सहयोगमा राहदानी घुम्ती सेवा गर्ने

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । संयुक्त अरब इमिरेट्स यूएईमा रहेको नेपाली दूतावास आबुधावीले राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

    दूतावासले एनआरएन (नेपाल एसोसिएसन) यूएई तथा यहाँ रहेको नेपाली समुदाय सँग सहकार्य गर्दै ई–राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको हो ।

    विभिन्न कारणले समयमै राहदानी बनाउन नपाएका श्रमिकको सहजताका लागि संघसस्थाको सहकार्यमा दूतावासले ‘पासपोर्ट बुट’ क्याम्पमार्फत सेवा दिन लागेको जनाएको छ ।

    दूतावासले आबुधावी राज्यअन्तर्गत साउदी सीमा गायथीमा यही डिसेम्बर १५ आइतबारका दिन घुम्ती सेवा राखेको जनाएको छ ।

    एनआरएन यूएईको स्थानीय सहकार्यमा रुवीस गायथीमा रहेको वेस्टर्न होटल परिसरमा राहदानी घुम्ती सेवा प्रदान गर्न लागेको नेपाली दूतावास आबुधावीकी प्रवक्ता तथा उप नियोग प्रमुख रन्जिता दाहालले जानकारी दिइन् ।

    घुम्ती सेवामा राजस्वबाहेक अन्य शुल्क नलिई सेवा प्रदान गर्न लागिएको एनआरएन (नेपाल एसोसिएसन) यूएईका अध्यक्ष विकास शाहीले बताए ।

    आबुधावीमा रहेको नेपाली दूतावासदेखि झन्डै ३०० किलोमिटर टाढा पश्चिमी क्षेत्रमा नेपाली दूतावास, एनआरएन वा अन्य कुनै पनि नेपाली समुदाय पुग्न लागेको यो पहिलो पटक हो ।

    पछिल्लो समय यूएई तथा विदेशमा कार्यरत नेपालीहरूले समयमै राहदानी बनाउन नपाउँदा समस्या भोग्न परेको छ ।

    त्यसैमा अघिल्लो साता पासपोर्ट विभागको सर्भरमा साइबर आक्रमण भएका कारण समस्या आएपछि केही दिन राहदानी सेवा अवरुद्ध हुँदा कतिपय नेपाली नागरिकले सास्तीसमेत भोग्नुपरेको छ ।

    यस्तै समस्यालाई मध्यनजर गरेर नेपाली दूतावास आबुधावीले एनआरएन यूएई तथा नेपाली समुदाय सँग सहकार्य गरी घुम्ती सेवा प्रदान गर्न लागेको हो ।

    घुम्ती सेवामा सहभागी हुन कुनै अतिरिक्त शुल्क नलाग्ने तथा राहदानीको फारम पनि एनआरएन आफैँले वा व्यक्ति आफैले भर्न सक्ने भएकाले सक्दो छिटो सम्पर्कमा आउन एनआरएन एनआरएन यूएईले आग्रह गरेको छ । – नेपाल प्रेस

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.