Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»‘वी प्रोटेक्ट ग्लोबल एलायन्स’: बालबालिकालाई अनलाइन हानीबाट जोगाउने नेपालको प्रतिबद्धता
    यूएई

    ‘वी प्रोटेक्ट ग्लोबल एलायन्स’: बालबालिकालाई अनलाइन हानीबाट जोगाउने नेपालको प्रतिबद्धता

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । बालबालिकालाई अनलाइन हानीबाट जोगाउन नेपालले प्रतिबद्दता दोहोर्‍याएको छ । युएईको आन्तरिक मन्त्रालयले आयोजना गरेको वी प्रोटेक्ट ग्लोबल एलायन्स (हामी संरक्षण गर्छौ विश्व गठबन्धन)शिखर सम्मेलनमा सहभागी नेपालले आफ्नो प्रतिबद्धता दोहोर्‍याएको हो ।

    सम्मेलनमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीको नेतृत्वमा नेपालले सहभागीता जनाएको छ । मन्त्रिस्तरिय सम्मेलनमा सम्बोधन गर्दै मन्त्री सुडीले डिजिटल स्पेसमा बालबालिका र युवाहरूलाई सुरक्षित राख्न बलियो नीति र कानूनहरू विकास गर्न नेपाल सरकारले गरेका प्रयास तथा अपनाएका अभ्यासहरु उल्लेख गरे ।

    मन्त्री सुडीले अनलाइन जोखिमलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सरकार, नागरिक समाज-संगठन, शैक्षिक संस्था र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए । डिजिटल क्रान्तिले फाइदाहरू ल्याएको भएपनि त्यसमा शोषण र दुर्व्यवहारसहित बालबालिकाका लागि जोखिमहरू पनि उत्तिकै ल्याएकोले सचेत हुनुपर्ने बताए । विभिन्न देशका मन्त्रीहरु सहभागी सम्मेलनको मन्त्रीस्तरिय बन्द सत्रलाई सम्बोधन गर्दै मन्त्री सुडीले सम्मेलन बाल बालिका संरक्षण र डिजिटल सुरक्षामा ऐतिहासिक हुने अपेक्षा राखेको बताए ।

    यही डिसेम्बर ४-६ सम्म चलेको सम्मेलनमा सहभागी अन्यदेशका मन्त्री तथा प्रतिनिधिहरुले बाल यौन शोषण, अनलाइन दुर्व्यवहार, र बाल अधिकार उल्लंघनका विरुद्ध विश्वव्यापी पहललाई सशक्त बनाउने पक्षमा एक्यवद्दता जनाए ।

    बाल सुरक्षा प्रविधिमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा विश्लेषण, र ब्लकचेनको प्रयोग तथा सरकारी एवम गैरसरकारी संस्था र निजी क्षेत्रबीचको साझेदारीमा सुदृढीकरण गर्दै बलियो बनाउनुपर्नेमा सम्मेलनले जोड दिँदै बालबालिकालाई डिजिटल खतराबारे शिक्षित गर्न प्रभावकारी उपायहरूको विकास गर्ने बिषयमा सबै एक भएका छन ।

    सम्मेलनमा ५० भन्दा बढी मुलुकका मन्त्री, विज्ञ र सामाजिक कार्यकर्ताहरूले आफ्नो विचार राखेका थिए । त्यस्तै डिजिटल सुरक्षा क्षेत्रका प्रख्यात वैज्ञानिकहरू बाल अधिकारवादी र विभिन्न देशका बाल बालिका संरक्षण विभागका प्रतिनिधिको उपस्थिति थियो ।

    सम्मेलन बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको साझा प्रयासको प्रतिबिम्ब हो। यसको सफलताले बाल संरक्षणको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।

    सम्मेलनमा मन्त्री सुडी हित मन्त्रालयको सचिवालय सचिव दिनेश भट्टराई तथा महिला सशक्तीकरण महाशाखाकी सहसचिव आभा श्रेष्ठ कर्ण सहभागी छन् । त्यस्तै नेपालमा सकृय अन्य गैरसरकारी संघसस्थाका प्रतिनिधि हरुले पनि सहभागीता जनाएको नेपाली दुतावास आबुधावीकी प्रवक्त्ता तथा उप-नीयोग प्रमुख रन्जिता दाहालले बताइन् । सहभागी टोली शनिबार नेपाल फर्किने कार्यतालिका छ ।

    सम्मेलनमा सहभागी मन्त्री सुडी सहित प्रतिनिधि टोली सँग मधेशी एकता समाज युएईले आज नेपाली दुतावास आबुधावीको सभाहलमा भेटघाट तथा छलफल कार्यक्रम समेत राखेको मधेसी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डा.रवीन्द्रकुमार यादवले जानकारी दिए ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.