Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»मेनपावर कम्पनीमाथी कडाई ,सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने
    विशेष

    मेनपावर कम्पनीमाथी कडाई ,सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरू, विदेश जाने श्रमिकको मेडिकल गर्ने तथा पूर्वप्रस्थान अभिमुखीकरण दिने संस्थाहरूको आर्थिक कारोबारमा कडाइ गर्न थालेको छ ।

    विभिन्न निर्देशनसहित ७ बुँदे परिपत्र गर्दै विभागले आफू मातहतका निकाय र अनुमतिप्राप्त सम्वद्ध व्यवसायी संस्थाहरुलाई नियमहरुको पालना गर्न सचेत गराएको छ । विभागले मेनपावर कम्पनीहरुलाई थप निगरानीमा राख्ने गरी परिपत्रमा विभिन्न नयाँ व्यवस्थाहरू गर्न निर्देशन दिएको छ ।

    विभागले मेनपावर, मेडिकल र अभिमुखीकरणमार्फत श्रमिकसँग सेवा शुल्क असुल्ने व्यवसायीहरूलाई सबै आर्थिक कारोबारहरू अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने निर्णय गरेको छ ।

    विभागले संस्था दर्ता, सेयर दाखिला, नामसारी लगायतमा आवश्यक पर्ने वैयक्तिक चारित्रिक विवरण, प्रहरी प्रतिवेदन नेपाल प्रहरीको अनलाइन प्रणालीमार्फत माग गर्नेगरी व्यवस्था गरिएको जनाएको छ ।

    कर्मचारीको आर्थिक भुक्तानी बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था

    अब मेनपावर कम्पन्नीहरूले कर्मचारी नियुक्त गर्दा कम्तिमा न्यूनतम पारिश्रमिक पाउने गरी नियुक्त गर्नुपर्ने र कर्मचारीहरूलाई मासिक तलब लगायतका आर्थिक भुक्तानी बैंकिङ प्रणालीमार्फत मात्र गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

    संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न र सरकारी विवरणहरूमा सञ्चालकको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य उल्लेख गर्न परिपत्रमा भनिएको छ । कार्यालयको स्पष्ट ठेगाना उल्लेख भएको जीपीएस ट्रयाकसहित समेत गर्न मिल्ने गरी लोकेसन उल्लेख गरेर लिंक राख्नुपर्ने व्यवस्था समेत गर्न परिपत्रमा भनिएको छ ।

    १० लाखभन्दा बढीको सेयर लगत पेश गर्दा वैध आम्दानीको स्रोत खुलाउनु पर्ने व्यवस्था समेत गरिएको छ । यस्तै नयाँ दर्ता गर्दा जम्मा गर्नुपर्ने नगदको लागि आम्दानीको स्रोत खुलाएर पेश गर्नुपर्ने व्यवस्था समेत गर्न परिपत्रमा भनिएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.