१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको छ ।
अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो । नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले ३र३ विकेट लिए ।
यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३र३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २र२ विकेट लिए ।
१९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।
नेपालको यो जीतमा शारजहा क्रिकेट स्टेडियममा पुगेका नेपाली दर्शकले खुसीयाली साटेका छन् । नेपाली खेलाडीको हौसला बढाउन स्टेडियमा बाक्लो संख्यामा नेपाली दर्शकको उपस्थिती देख्न सकिन्छ ।


