काठमाण्डौ – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ ।
कांग्रेसका डङ्गाेल ५ हजार ३ सय ३४ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नेभएको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले २ हजार ३६ मत प्राप्त गर्नुभयो।
यसअघि पनि कीर्तिपुरको मेयरमा कांग्रेस विजयी भएको थियो ।
Facebook Comments Box
