Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»स्थानीय तह उपनिर्वाचन आज ,४१ पदका लागि २० राजनीतिक दलबीच प्रतिस्पर्धा
    विशेष

    स्थानीय तह उपनिर्वाचन आज ,४१ पदका लागि २० राजनीतिक दलबीच प्रतिस्पर्धा

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदैछ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।

    निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।

    १ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ । मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने आयोगले जनाएको छ ।

    उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ । मतदानको पूर्वसन्ध्यामा प्रेस विज्ञप्ति जारी गरेर आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई आफ्नो नाम रहेको मतदान केन्द्रमा उपस्थित भएर निर्धक्कसाथ मतदान गर्न आह्वान गरेको छ । यस पटक मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक भने लगाइएको छैन ।

    आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानस्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयमार्फत सम्बन्धित प्रमुख जिल्ला अधिकारी लाई निर्देश गरेको छ । मतदान हुने स्थानीय तह र वडामा मात्रै सार्वजनिक बिदाको व्यवस्था मिलाउन पनि भनिएको प्रवक्ता अर्यालले बताइन् ।

    मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मतगणना थालिने आयोगले जनाएको छ । स्थानीय तहको आधा कार्यकाल पूरा भएकै बेला हुँदै गरेको उपनिर्वाचनलाई दलहरूले ‘मध्यावधि परीक्षण’ का रूपमा हेरेका छन् ।
    उपनिर्वाचनअन्तर्गत रुकुमपूर्वको पृथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती भने निर्विरोध निर्वाचित भइसकेका छन् । कैलालीको जिसस प्रमुखमा कांग्रेसका टीकाकुमारी चौधरी ९भुल० र ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसकै टेकराज भट्टराई पनि निर्विरोध विजयी भएका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.