एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आइतबार बंगलादेशसँग खेल्दैछ ।
शुक्रबारबाट सुरु प्रतियोगितामा बलिङबाट खेलमा पुनरागमन गरे पनि शारजहा क्रिकेट रंगशालामा नेपालको ब्याटिङ खासै जम्न सकेन । आइतबारको खेलमा नेपाल जित्नैपर्ने दवावमा रहनेछ । खेल युएईको समय अनुसार बिहान ९ बजेबाट हुनेछ ।
यसअघिको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । यस्तै तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
Facebook Comments Box
