अमृतकुमार राईले परराष्ट्र मन्त्रालयमा कायममुकायम सचिवको जिम्मेवारी पाएका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत नियुक्त भएपछि मन्त्रालयका वरिष्ठ सहसचिव राईलाई कामु सचिवको जिम्मेवारी दिइएको हो ।
बेल्जियमबाट एग्रिमो आउन बाँकी भएकाले सचिव लम्साललाई भने केही दिनका लागि सरकारले प्रधानमन्त्री कार्यालयमा पठाएको छ । ‘उहाँ (लम्साल) एग्रिमोको पर्खाइमा हुनुहुन्छ, एग्रिमो आउनेबित्तिकै राजदूत नियुक्त भएर बेल्जियम जाने तयारी छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
कामु सचिव बनाइएका राईलाई नै केही समयपछि सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गर्ने गृहकार्य गरेको छ ।
राईले मन्त्रालयमा रहेर विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् भने यसअघि संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित स्थायी नियोगको नेतृत्व गरिसकेका छन् ।