Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»ग्लोबल मिडिया कंग्रेस : एआइको प्रयोग , चुनौती लगायतका विषयमा चर्चा
    विशेष

    ग्लोबल मिडिया कंग्रेस : एआइको प्रयोग , चुनौती लगायतका विषयमा चर्चा

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ग्लोबल मिडिया कंग्रेसको प्रदर्शनी र बहस सेरिज युएईको राजधानी आबुधाबीमा मंगलबारबाट सुरु भएको छ । सम्मेलनमा विश्वभरका मिडिया उद्योगका प्रतिनिधि, सञ्चार विशेषज्ञ, टेक्नोलोजी विज्ञ फिल्म मेकर, फोटो पत्रकार लगायतकाहरू एकै ठाउँमा भेला भएका छन् । नोभेम्बर २६ देखि २९ सम्म चल्ने सम्मेलनले ग्लोबल मिडिया क्षेत्रमा आइरहेको नयाँ प्रयोग, चुनौती र सम्भावनाहरूमा केन्द्रित छलफल तथा सहकार्यलाई प्राथमिकता दिएको छ।

    यस वर्षको सम्मेलनको मुख्य नारा “मिडिया फर ब्रिजिंग कल्चर्स ” रहेको छ । यसले सांस्कृतिक विविधता, समावेशी सञ्चार र डिजिटल परिवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। नेपाल सहितका मुलुकको सहभागीता रहेको सम्मेलनमा डिजिटल मिडिया र सञ्चार क्षेत्रमा “एआई ” को प्रभाव र यसको भविष्य, डेटा-सञ्चालित पत्रकारिता, विश्वसनीयता र पारदर्शिताको सवाल, सांस्कृतिक अन्तरसम्बन्ध र मिडियाको भूमिका स्वविधतालाई सम्मान गर्दै सूचना प्रवाहलाई समृद्ध बनाउने लगायतका विषयमा चर्चा गरिएको छ ।

    ग्लोबल मिडिया कंग्रेसमा १ सय भन्दाबढी देशहरूका १ हजार ५ सय भन्दाबढी सहभागी रहेको कंग्रेसले जनाएको छ। यस कंग्रेसमा मिडियाका नविनतम प्रविधिहरू, उत्पादनहरू, र सेवाहरूको प्रदर्शनी प्रस्तुत गरिएको छ। यस वर्षको कंग्रेसमा विश्वका प्रमुख पत्रकार, नीति निर्माताहरू, र मिडिया विशेषज्ञहरूले आफ्नो विचार प्रस्तुत गरिरहेका छन्। डिजिटल परिवर्तन र मिडिया टिकाऊपनका विषयमा सहभागीलाई नयाँ दृष्टिकोण प्रदान गरिएको छ ।

    मिडियालाई थप जिम्मेवार र सहकार्यको अवसर : राजदुत क्षेत्री

    कंग्रेसमा नेपालको तर्फबाट समेत सहभागीता जनाइएको छ । नेपाली दुतावासको तर्फबाट राजदूत तेजबहादुर क्षेत्रीले सम्मेलनको अवलोकन गरेका छन् । साथै नेपाली संचार क्षेत्रका संचारकर्मीले समेत सम्मेलनमा सहभागीता जनाएका छन् । कंग्रेसको अवलोकन गदै राजदूत क्षेत्रीले संचार क्षेत्रको विकास र नयाँ नयाँ प्रविधिको प्रयोगमा नेपाली संचार क्षेत्रले अवल्म्वन गर्नुपर्ने विषयहरु धेरै रहेको जनाए ।
    नेपाली संचारकर्मीहरुसँग कुरागदै राजदुत क्षेत्रीले भने , “विश्वमा प्रयोग भइरहेका प्रविधि र विषयले हाम्रो मिडियाहरुलाई फाइदा पुर्याउने छ। अनुभवी व्यक्तिका ज्ञान आदान प्रदान,खोज र अनुसन्धानले हाम्रा मिडियालाई थप जिम्मेवार र सहकार्यको अवसर दिलाउनेछ ।”

    यस्ता सम्मेलन आयोजना हुँदा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूबीचको सहकार्य र सिकाईलाई प्रोत्साहन गर्दै ग्लोबल मिडिया प्लेटफर्मका पछिल्लो अवस्था बुझ्न सहज हुने नेपालबाट सहभागी रहनु भएका हिमाल प्रेस डट कमका सम्पादक एव कूटनीति र सुरक्षा क्षेत्रमा लेख्दै आएका पत्रकार चन्द्रशेखर अधिकारलीले बताए । ग्लोबल मिडिया कंग्रेस संचार क्षेत्रको भविष्य सुनिश्चितताको लागि प्रविधिलाई सत्रु नठानी आफुलाई समयानुकुल बनाउनको लागि यो सम्मेल सफल हुने विश्वास अधिकारीको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.