Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»युएईमा नेपाली अर्गानिक उत्पादनको प्रवर्द्धनका लागि पहिलो पटक नेपाली प्याभिलियन
    मेन स्टोरी

    युएईमा नेपाली अर्गानिक उत्पादनको प्रवर्द्धनका लागि पहिलो पटक नेपाली प्याभिलियन

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबईमा आयोजना भएको मध्यपुर्व अर्गानीक तथा कृषिजन्य बस्तुको प्रदशनीमा नेपालले पहिलो पटक सहभागीता जनाएको छ । प्रदशनीमा नेपालले आफ्नो उतापदनको प्रतिनिधित्व गर्दै नेपाली अर्गानिक सामाग्रीलाई समावेश गरी नेपाली प्याभिलियननै स्थापना गरी प्रदशनीमा सहभागी भएको हो । यही नोभेम्बर १८ देखी २० नोभेम्बर सम्म चलेको प्रदशनीमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालले पहिलो पटक सहभागीता जनाएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाली दूतावास आबुधावी लगायत बिभिन्न निकायको समन्वयमा नेपालले यो सहभागीता जनाएको हो । प्रदशनी मार्फत नेपाली अर्गानिक उत्पादनलाई युएईको विश्वव्यापी बजारसम्म पुर्‍याउनु र प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताउनु भयो ।

    नेपाली जडिबुटी, चिया, मसलाजन्य उत्पादन, हस्तकला, अलैंची, कफी र अन्य धेरै अर्गानिक सामानलाई विभिन्न नेपाली उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनलाई प्रदर्शनीमा राखेका थिए ।

    विश्वव्यापी व्यापार र पर्यटनको केन्द्र मानिने यूएई नेपाली उत्पादनलाई बजार प्रबर्दन गराउने सम्भावनाको राम्रो अवसरको रुपमा लिईएको छ । नेपाली प्याभिलियनले नेपाली अर्गानिक उत्पादनप्रति स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायीहरूको ध्यान खिचेको सहभागी एनआरएन युएईका अध्यक्ष समेत रहेका व्यवसायी बिकास शाहीको भनाइ छ ।

    नेपाली दुतावास आबुधावीको पहल र नेपाल उद्योग वाणिज्य महासंघको पूर्ण सहयोगको प्रशंशा गर्दै अध्यक्ष शाहीले आगामी दिनमा युएईको बजारमा नेपाली उत्पादनको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाली अर्गानिक उत्पादनलाई युएईको बजारमा थप सशक्त बनाउनका लागि नेपाल सरकार, सम्बन्धित निकाय र सम्पूर्ण समुदायको निरन्तर हातेमालो आबश्यक रहेको यहाँ व्यवसाय गरिरहेका नेपालीहरुले बताएका छन । युएई जस्ता अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रभावकारी उपस्थिति देशको आर्थिक विकास र नेपाली पहिचानको प्रवर्द्धनको लागि महत्वपूर्ण हुने भन्दै प्रदशनीमा सहभागी उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोली तथा युएईमा रहेका नेपाली ब्यवसायी तथा अन्य समुदायका व्यवसायी सँग नेपाली दुतावास आबुधावीमा अन्तर्कृया समेत गरिदै छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.