नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास असफल भएपछि एमाले इलामको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन । उनले प्रत्यासी नरेन्द्रनाथ भट्ट्टराईलाई पराजित गरे । उपाध्यक्षमा उदय राई विजयी भएका छन । उपाध्यक्षमा उमेश गुरुङ र बुद्वी खनाल पनि उम्मेदवार थिए । य्स्तै सचिवमा रबिन्द्र सुवेदी बिजयी भएका छन । उनले प्रकाश अधिकारीलाई पराजित गरे । उप सचिवमा भने रमेश राईदिलु लावती बिजयी भएका छन् ।
एमाले इलामको अधिवेशन बिहिबार शुरु भएको थियो । अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिती इलामका पुर्व प्रमुख हुन । सचिवमा निर्वाचित रबिन्द्र यस अघि उप सचिव थिए ।
